मिस प्लस टु २०१७लाई फिटनेस तालिम र पर्यटकीय प्रर्वद्धन भम्रण

सोमबार १९ भाद्र २०७४ इटहरी न्युजडेस्क-
बिग इभेन्ट नेपालले सञ्चालन गरेको मिस प्लस टु २०१७ का प्रतियोगिहरुलाई आइतवार निरभाना फिटनेस, बसन्तटार स्थित लोहोरुङ्ग अर्गानिक फार्म भ्रमण र पर्यटन तथा पर्वद्धन सम्वन्धि प्रशिक्षण दिइएको छ।

निरभाना फिटनेस प्रशिक्षण धरान १८ स्थित बिपि प्रतिष्ठान क्षेत्र भित्र सञ्चालित झुनाज फिटनेसको हलमा सञ्चालन भएको थियो। उनिहरुलाई झुनाज फिटनेसका प्रशिक्षक सुसान्ति राईले प्रशिक्षण दिएकी थिईन।

सोहि दिन अर्गानिक फार्म भम्रणको क्रममा फर्मका सञ्चालक कृष्ण राईले कृषि र मानव जीवनको बारेमा सहभागिहरुलाई अनुभव सेयर गरेका थिए भने नेपाल पत्रकार महासंघका केन्द्रिय पार्षद रोहित राईले पर्यटन टक सम्वन्धमा पर्यटन तथा प्रर्वद्धन सम्वन्धमा आफ्नो भनाई तथा अनुभव बताएका थिए।

किशोरी तथा महिलाको क्षमता अभिवृद्धि गर्ने उद्धेश्यले आयोजित मिस प्लस टु २०१७को फाइनल चरण धरान ८स्थित सभागृहमा यहि भाद्र २६गते हुदैछ। फाइनल चरणको लागि २५जना प्रतिस्पर्धिहरुलाई आयोजकले भाद्र ४गते देखि बिभिन्न बिधामा तालिम दिइरहेको छ।

उनिहरुको क्षमता तथा व्यक्तित्व बिकासको लागि र्‍यामवक, ब्यक्तित्व बिकास, युवा र राष्ट्रियता, संघीय संरचनामा स्थानीय सरकारको कार्यप्रणाली, बराह व्यवसायीक अवलोकन तथा बिजनेस टक, बेसिक फोटो पत्रकारीता तथा फोटोग्राफि, महिनावारी तथा स्तन क्यान्सर, टेवल सिष्टाचार, बेसिक फोटोसुट, मेकअप क्लास, बेसिक पत्रकारीता, सकारात्मक सोचको बिकास, लैंगिक समानता र संस्कृति, प्राथमिक उपचार, फिटनेस क्लास, आत्मरक्षा, पब्लिक स्पिकिङ्ग महिला अधिकारलगायत प्रशिक्षण दिइसकेको मिस प्लस टु प्रतियोगिताका चिफ एक्जुकेटिभ डाइरेक्टर द्रोपध्वज राईले जानकारी दिएका छन।

उनले हालसम्म दिएको प्रशिक्षण सम्बन्धित बिषयका बिज्ञहरुबाट दिइएको हुनाले पनि उनिहरुको ब्यक्तित्व र क्षमतामा तालिमले एकदमै प्रभाव पार्ने बताएका छन। प्रतियोगिताको बिजेताहरुले नगद ४४हजार ४ सय ४४ रुपैया, ट्रफिसँगै स्नातकतहमा छात्रवृत्त र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन। फस्ट रनर अपले नगद २२ हजार २ सय २२ र सेकेन्ड रनरअपले ११ हजार १ सय ११ रुपैया र छात्रवृत्ती पाउने प्रचार प्रमुख बिकास चाम्लिङ राईले बताएकाछन।

पूर्वी खबर मिडिया पार्टनर रहेको प्रतियोगिताका सहभागिहरुले मिस भ्युअर च्वइस, मिस फ्रेन्डसिप, मिस ट्यालेन्ट, मिस स्माइल, मिस बेस्ट क्याटवाक, मिस फोटोजनिक, मिस डिसिप्लिन, मिस ब्युटिफुल, मिस एक्टिभ टाइटलको उपाधि प्राप्त गर्नसक्नेछन।

२० भाद्र २०७४, मंगलवार ०४:१७ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु