एकिकृत राप्रपाद्वारा तीनदिने संघर्षका कार्यक्रम सार्वजनिक

मंगलबार २० भाद्र २०७४ इटहरी न्युजडेस्क-
एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीले काठमाडौंमा तीन दिने सडक संघर्षको कार्यक्रम घोषणा गरेको छ। हिन्दु राष्ट्र कायम गर्न सरकारलाई दबाब दिने उद्देश्यसहित पार्टीले संघर्षका कार्यक्रम घोषणा गरेको हो।

पार्टीका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले सबै धर्मको सम्मान गर्दै मुलुकमा हिन्दु राष्ट्र कायम गरिछाड्ने पार्टीको मूल एजेन्डा स्थापित गराउने गरी सरकारलाई दवाव दिन बुधबार, बिहिबार र शुक्रबार काठमाडौंमा सडक संघर्ष गर्ने निर्णय गरिएको जानकारी दिनुभयो।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले सडक संघर्षको क्रममा राष्ट्रिय एकताको प्रतिकको रुपमा राजसंस्थाको पुर्नस्थापना, भ्रष्टाचारको अन्त्य, युवा रोजगारीको अवसर सृजना गर्ने बाटोको खोजी गर्न पनि सरकारलाई सडकबाटै दवाव दिने स्पष्ट पार्नुभयो।

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीले मुलुकलाई राजनीतिक स्थायित्व दिन समानुपातिकतर्फबाट सांसदहरु बनाउन नहुने दावी पनि गर्दै आएको छ। सडक संघर्षका कार्यक्रम अनुसार बुधबार काठमाडौंको बिभिन्न ठाउँमा कोणसभा गरिने पार्टीले जनाएको छ।

बिहिबार मोटरसाईकल ¥याली र शुक्रबार बबरमहल अगाडि जम्मा भई संसद भवन अगाडि जुुलुस र आमसभा गरिने पार्टीले जनाएको छ। अध्यक्ष लोहनीले राष्ट्रियता, प्रजातन्त्र र नेपाली मात्रको स्वाभिमानप्रति चिन्तित सबैले पार्टीको सडक संघर्षको कार्यक्रमहरुमा साथ दिने बिश्वास ब्यक्त गर्नुभयो।

२० भाद्र २०७४, मंगलवार ११:०८ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु