लेखा समितिद्वारा कपिलबस्तुको अवलोकन

मंगलबार २० भाद्र २०७४ इटहरी न्युजडेस्क-
व्यवस्थापिका संसद सार्वजनिक लेखा समितिका सभापति डोरप्रसाद उपाध्यायसहितको संसदीय टोलीले भगवान गौतम बुद्धका पिता राजा शुद्दोदनको प्राचीन राजधानी कपिलवस्तुको अवलोकन गरेको छ।

अवलोकनका क्रममा टोलीले राजा शुद्दोदनको राजदरबार, दरवार क्षेत्रको उत्खनन् गरिएका पूर्वी र पश्चिमी द्धार, सुरक्षा पर्खाल दरबार क्षेत्रभित्रका उत्खनन् भएका ठाउँहरुको अवलोकनपछि पुरातात्विक क्षेत्र उत्खनन् कार्यमा पुरातत्वविद्हरुको भूमिकाको सरहाना गरेको थियो।

टोलीलाई प्राचीन कपिलवस्तु र तिलौराकोट दरबार क्षेत्रका बारेमा लुम्बिनी बिकास कोषका पूर्व सदस्यसचिव तथा पुरातत्व क्षेत्रका ज्ञाता अजितमान तामाङ र लुम्बिनी बिकास कोषका कार्यकारी सदस्य राजेश ज्ञवालीले पथ प्रर्दशन गर्नुभएको थियो।

२० भाद्र २०७४, मंगलवार ११:३१ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु