गजल

नाम  खाते  राखिदिए  थर  छैन

लक्ष्य बिहिन जिन्दगीको भर छैन

 

खुल्ला आकाश मुनी कट्छ रात

गाऊ  फर्कि  जाऊ भने घर छैन

 

दुख अभाबमै कट्दै छ जिन्दगी

खुशि हुने  कुनै  पनि  प्रहर छैन

 

भन्छन्  दुखिको साहारा दैब हो

किन तिम्रो हामि माथि नजर छैन

 

-ख्याम चम्लागाई

मोरङ द्र्बेशा८ दोमहना बजार

हाल दोहा कतार

२० भाद्र २०७४, मंगलवार १२:२३ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु