मेला महोत्सव संघ केन्द्रिय समितीको माग

बुधबार २१ भाद्र २०७४ इटहरी सुनसरी –
नेपाल मेला महोत्सव संघ केन्द्रिय समितीले आफ्नो सिफारिस लिएर आएकाहरुलाई अनुमती लिएर आएकाहरुका लाई मात्र मेला महोत्सवको लागि अनुमती प्रदान गर्न माग गरेको छ। संघका अध्यक्ष नारायण महतोद्वारा जारी बिज्ञप्तीमा यस्तो माग गरिएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई बोधार्थ गराईएको ध्यानाकर्षण पत्रमा बिभिन्न जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्रदान गर्दा संघको केन्द्रिय समितिको सिफारिस हुनुपर्ने माग गरेको छ।

ध्यानाकर्षण पत्रमा नेपालका बिभिन्न जिल्लाहरुमा बिभिन्न संघ संस्थाहरुले चाडबाडको बेला र अरुबेला पनि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मेला, मिनिमेला, रमाईलो मेला, मिनि महोत्सव, महोत्सव, सञ्चालन गरिरहेको भन्दै संघसंस्थाहरुले मेलामहोत्सव सञ्चालन गर्न ठेकेदारलाई ठेक्का दिइने अनि कतिपय भारतलगायत अन्य देशहरुका पनि हुने साथै कतिपय नेपालकै हुने जानकारी गराईएको छ।

पत्रमा ठेकेदारहरु प्रशासनलाई छलेर मेलामहोत्सव भित्र जाँडरक्सीको कारोबार गर्ने, जुवा जन्य खेलहरु खेलाएर दैनिक लाखौ रकम हासिल गर्ने अनि राजस्व छली गर्नेहरुले मनोरञ्जनका खेल तमासाहरुबाट कमिसन खानेहरु बिभिन्न नाम गरेर एउटा जिल्लाबाट पान नम्बर लिएर त कसैले बिना पान नम्बर पूर्व मेची देखि पश्चिम महाकालीसम्म मेला महोत्सवमा मनोरञ्जनका खेल तमासालगायत सञ्चालन गरेर करोडौंको ब्यापार व्यवसाय गरेको बताईएको छ।

पत्रमा जुन जिल्लाबाट पान नम्बर लिएको हुन्छ त्यहीको आन्तरिक राजस्व कार्यालयमा सामान्य आम्दानीको आय व्यय बिवरण देखाई राजस्व छली गर्ने गरेको भने कसैले राजस्व नै नतिरेको उल्लेख छ। यसरी राजस्व छलि गर्नेहरु धेरै रहेको र पान नम्बर नै उल्लेख नभएको टिकट मनोरञ्जन खेल तमासामा प्रयोग गर्दै आएको ध्यानाकर्षण पत्रमा उल्लेख छ।

ध्यानाकर्षण पत्र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृहमन्त्रालय, आन्तरिक राजस्व बिभाग, पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालय धनकुटा, क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरलगायतलाई बोदार्थ गरिएको छ।

२१ भाद्र २०७४, बुधबार १०:३७ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु