कार्यालय अव्यवस्थित ठाउँमा सार्न लागिएको भन्दै बिरोध

बिहिबार २२ भाद्र २०७४ इटहरी न्युजडेस्क-

सुनसरीको इटहरीमा रहेको कोशी अञ्चल यातायात व्यवस्था कार्यालय अव्यवस्थित ठाउँमा सार्न लागिएको भन्दै बिरोध सुरु भएको छ। लामो समयदेखि इटहरी चौक पूर्व भाडाको घरमा बस्दै आएको यातायात सवारी कार्यालय इटहरीकै हलगडामा सार्न लागिएपछि बिरोध सुरु भएको हो।

स्थानीयवासी तथा लेखापढि व्यवसायीहरुले भने अहिलेको भन्दा पनि अव्यवस्थित ठाँउमा कार्यालय सार्न लागिएको भन्दै बिरोध जनाउन थालेका छन्। उनीहरुले कार्यालय सार्न लागिएको ठाउँमा पर्याप्त पार्किङस्थल नभएको पाँचवटा घरधनीले कार्यालय सञ्चालनका लागि टेन्डर हालेपनि अव्यवस्थित घर छनौट गरिएको नेपाल लेखापढि कानुन व्यवसायी एशोसिएसन इकाइ इटहरीका अध्यक्ष पुण्यप्रसाद घिमिरेले बताउनुभयो।

पुरानो घर तथा कार्यालय अध्याँरो कोठामा सञ्चालन गर्नु परिरहेको साथै पानी पस्ने भएका कारण पनि कागजात समेत सुरक्षित बनाउन कार्यालय सार्नुपर्ने बाध्यता रहेको कार्यालयका प्रमुख चन्द्रप्रसाद फुयाँलले बताउनुभयो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close