आगामी निर्वाचनमा दाहाल चितवनबाट चुनाव लड्ने

बिहिबार २२ भाद्र २०७४ इटहरी न्युजडेस्क-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनमा चितवनबाट चुनाव लड्ने घोषणा गर्नुभएको छ। प्रेस सेन्टर चितवनले गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले गृहजिल्ला चितवनबाट चुनाव लड्ने घोषणा गर्नुभएको हो।

भौगोलिक रुपमा केन्द्रको रुपमा रहेको चितवनको राजनीतिक भुमिकालाई अग्रस्थानमा लान आफु चितवन आउन लागेको र यसले राष्ट्रिय राजनीतिलाई नै नयाँ मोड दिनसक्ने उहाँको दाबी थियो।

अध्यक्ष दाहालले चितवनको जुनसुकै क्षेत्रबाट चुनाव लड्न सक्ने भन्दै चितवनबासीले आफ्नो भुमिका र पार्टीको योगदान बुझ्नेमा बिश्वास व्यक्त गर्नुभयो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close