दिवाकर आए “ओ प्रिया” भन्दै (भिडियो सहित)

बिहिबार २२ भाद्र २०७४ इटहरी न्युजडेस्क-
पूर्वी नेपालको लोकेशनमा नयाँ नयाँ म्युजिक भिडियो बन्ने क्रममा नयाँ म्युजिक भिडियो थपिएको छ।

धनकुटाको साँगुरीगढी गाउँपालिकास्थित नाम्जे डाँडा, भेडेटार, ओख्रे टावर, नमस्ते झरनालगायतका ठाउँमा छायांकन गरिएको ओ प्रिया बोलको गितको भिडियो संग्स नेपालको यु ट्युव च्यानलबाट सार्वजनिक गरिएको हो।

गायक दिवाकर चौधरीले गाएको सो गितमा दिनेश कुमार चौधरीको शब्द र संगित रहेको छ।

दिनेश र एन्डिसाले अभिनय गरेको गितलाई जनक चौधरीले निर्देशन गर्नुभएको छ भने छायांकन र सम्पादन रिकेश बज्राचार्यले गर्नुभएको छ।

पूर्वी खबर डट कम र रेडियो रामधुनी मिडिया पार्टनर रहेको यो म्युजिक भिडियो द बज् क्रियसनको प्रस्तुती रहेको छ।

हेर्नुहोस भिडियो:-

२३ भाद्र २०७४, शुक्रबार ०९:०२ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु