पल र आँचल अभिनित जोनी जेन्टलमेन भाद्र ३०गतेदेखि

आईतबार २५भाद्र २०७४ इटहरी न्युजडेस्क-

नेपाली म्युजिक भिडियोमा सर्वाधिक रुचाईएका मोडल पल शाह र प्रशस्त सम्भावना बोकेकी नायिका आँचल शर्माद्वारा अभिनित चलचित्र जोनी जेन्टलमेन यहि भाद्र ३०गते देशभर प्रदर्शन हुने भएको छ।

प्रेम, रोमान्स, मिलन बिछोड सबै पक्ष समेटिएको चलचित्र पलले अभिनय गरेको तेश्रो तथा आँचलले अभिनय गरेको दोश्रो चलचित्र हो।

करिव ४सय वटा म्युजिक भिडियोमा एक छत्र राज गरेका पलले यस अघि नाई नभन्नु ल ४ र म यस्तो गित गाउँछु नामको चलचित्रमा अभिनय गरिसकेका छन भने आँचलले नाई नभन्नु ल ४मा अभिनय गरेका छन।

कुनैबेला नेपाली म्युजिक भिडियोको पर्यायबाची जस्तै बनेका नायक पलको यो तेश्रो चलचित्र पनि नाई नभन्नु ल ४ र म यस्तो गित गाउँछु जस्तै सफल हुनेमा पल बिश्वस्त छन। मानवीय जीवनमा हुने राम्रा र नराम्रा सवै पक्ष चलचित्रमा समावेश गरिएको चलचित्र निर्माता एन्जल पौडेलले बताएका छन।

चलचित्रमा नायक पल जोनी र नायिका आँचल श्रीको भुमिकामा रहेको भन्दै नायक नायिका पल र आँचलले आफ्नो काम राम्रो या नराम्रो भाद्र ३०गते हल सम्म गएर चलचित्र हेरेर मुल्यांकन गरिदिन आग्रह गरेका छन।

कलाकार सहित धरान र इटहरीमा पत्रकार सम्मेलन गरेर नायक पल नायिका आँचल र निर्माता पौडेलले चलचित्रबारे जानकारी गराएका हुन। चलचित्रमा पल र आँचलका अतिरिक्त बिकास चन्द,रबि गिरी सन्तोष सिलवाल गिरीलगायतको अभिनय छ।

चलचित्रका गित भारतको गोवा, राजस्थानलगायतमा छायांकन गरिएको र अरु दृष्यहरु काठमाण्डौमा नै छायांकन गरिएको निर्माता पौडेलले बताउनुभयो।

 

२६ भाद्र २०७४, सोमबार ०५:५९ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु