बेबी बम्प देखाउँदा सेलिनालाई बलात्कारको धम्की

अचेल बेबी बम्प देखाउने फेसन नै चलेको छ। त्यसमा पनि बलिउडका हिरोइनले आफू गर्भवती रहेको कुरा पोजपोजका फोटा सार्वजनिक गरेर देखाउने गरेका छन। यो मामलामा पछिल्लो समय सेलिना जेट्ली चर्चामा छिन।

तर, त्यही चर्चा उनलाई अहिले घाँडो भएको छ । फेरि जुम्ल्याहा बच्चा जन्माउने तयारीमा रहेकी सेलिनाले केही समयअघि बिकनी पहिरिएर बेबी बम्प देखाएकी थिइन। त्यसको केही समयपछि उनले बाथ टबमा नग्नतायुक्त आफ्नो फोटो पोस्ट गरिन। त्यसमा उनको भुँडी राम्रैसँग देखिएको थियो। त्यो फोटोमा हजारौँले कमेन्ट गरे। कतिपयले राम्रै कमेन्ट गरे पनि धेरैजसोले भने खराब टिप्पणी गरेको सेलिनाले बताएकी छिन।

‘मलाई कतिपयले बलात्कार गर्ने धम्की पनि दिएका छन्,’ सेलिनाले भनेकी छिन्, ‘त्यो फोटो मेरा पति पिटर हगले खिचेका हुन। कतिले त्यो फोटोको प्रतिक्रियामा माया दर्शाएका छन् भने कतिपय महिलाले समेत मेरो विरोध गरेका छन। त्यसमा मलाई दुःख लागेको छ।’ उनलाई कतिपयले निकै अश्लील कमेन्ट पनि गरेका छन। त्यसमा पनि उनले चित्त दुखाएकी छिन। भारतीय मिडियाले भने सेलिनाले बारम्बार बेबी बम्प प्रदर्शन गर्नुलाई उति साह्रो राम्रो भने मानेको छैन।

-नयाँ पत्रिकाबाट साभार

२७ भाद्र २०७४, मंगलवार ०३:४५ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु