निशानले तताए इटहरीको माहौल(भिडियो सहित)

मंगलबार २७ भाद्र २०७४ इटहरी शिव भट्टराई भोजपुरे-
सुनसरीको इटहरीमा नेपाल आईडलका प्रतिष्पर्धी निशान भट्टराईले माहौल तताएका छन। इटहरी उपमहानगरपालिका कार्यालय अगाडी बिशेष कार्यक्रमकाबीच भट्टराईले प्रस्तुती दिएका हुन।

कार्यक्रममा भट्टराईले छोरी भन्दा आमा तरुनी बोलको गित र  यो गाउँको ठिटो म बोलको गित सुनाएका थिए। हज्जारौ मानिस उपस्थित कार्यक्रममा आयोजकलाई कार्यक्रम ब्यवस्थित गर्न हम्मे हम्मे परेको थियो।

निशानको प्रस्तुती:-

कार्यक्रम पश्चात अर्को प्रस्तुतीका लागि मोरङ्गको पथरी तर्फ भट्टराईलाई लान कार्यक्रम आयोजकलाई हम्मे हम्मे परेको थियो। भिडले घेरेपछि निशानलाई आयोजकले घेराहालेर इलाका प्रहरी कार्यालय इटहरीमा पुर्‍याएको थियो। प्रहरी कार्यालयबाट भट्टराईले आफ्ना शुभ चिन्तकलाई हात हल्लाएर अभिबादन गरेका थिए।

इप्रका इटहरी अगाडीको उत्तेजित भिडले एकपटक निशानको मुख हेर्न पाउँ भनेपछि इप्रका इटहरीका प्रहरी नायव उपरिक्षक संजय राउतले नै छतमा पुर्‍याउनुभएको थियो। निशानका सर्मथकले नछोडेपछि प्रहरीको टोलीले मोरङ्गको सुन्दर हरैँचा सम्म सुरक्षा दिएर पुर्‍याएको थियो।

इ.प्र.का. इटहरी अगाडीको उत्तेजित भिड हेर्नुहोस भिडियो:-

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close