प्राकृतिक बस्तु दोहन गर्नेलाई नेकपाले कारबाही गर्ने

मंगलबार २७ भाद्र २०७४ केराबारी किशन शाही-
नेत्र बिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले केराबारीका तीन ठूला दलका दलाल भ्रष्टाचारी, घुषखोरी नेताहरुको पहिचान भइसकेको जनाउँदै कार्वाहीको पहिलो निशानामा रहेको बताएको छ।

संसदीय व्यवस्थाको खारेजीको माग गर्दै स्थानीय निर्वाचनको बहिस्कार गर्दै आएको नेकपाले मंगलबार केराबारी गाउँपालिका अन्र्तगत वडा नम्बर १० को बर्षाचोकमा कोणसभा गरी पार्टीका जनपरिषद प्रमुख दिपकले यस्तो बताएका हुन।

पार्टीले तीन महिने अभियान तथा पार्टी संगठन सुदृढिकरण अन्र्तगत केराबारीमा पहिलो कोणसभा गरेको हो। प्राकृतिक श्रोत साधनमा गिद्धेदृष्टि लगाएर खोलाको दोहन गरिरहेको र यस्ता दलालीहरुको पहिचान भएको जनाउँदै पार्टीले यस्ता व्यक्तिलाई नछाड्ने बताएको छ। दलाल घुषखोरी भ्रष्टचारीका कारण केराबारीले कहिल्यै असल नेतृत्व नपाउने र स्थानीय जनताको अधिकार स्थापित नहुने बताएको छ।

कोणसभा अघि पार्टीका कार्यकर्ताले दलाल भ्रष्टाचारी मुर्दावाद, नेपाली जनक्रान्ति जिन्दावाद जस्ता नारा लगाएका थिए। उनिहरुले प्राकृतिक श्रोत साधनमाथी जनताको पहँुच स्थापित गराएरै छाड्ने उद्घोष समेत गरेकन छन। केराबारीका स्थानीय जनताहरु यहाँको प्राकृतिक श्रोत साधनमा आफ्नो पहँुच स्थापित गराई परीवर्तन सुशासनको पक्षमा रहेपनि सामन्तवादका दलालीहरुले त्यो अधिकार स्थापित हुन नदिएको आरोप उनिहरुले लगाएका छन्।

प्राकृतिक बिपतिका कारण केराबारीका जनता बाढीको चपेटामा परेपनि निर्वाचित जनप्रतिनीधिहरुले बेवास्ता गरेको आरोप लगाउदै करोडौं रुपैयाको मालिक बन्न करोड खर्चेर आएको गाउँपालिका प्रतिनीधीहरुको हिसाव किताव खोज्ने र गलत पाइए कार्वाही गर्ने पार्टीका सेक्रेटरी युगेनले बताउनुभयो।

युगेनले तीन ठूला दलले संसदीय व्यवस्थाको खोल ओढेर क्रान्तिकारी नैतिकता गुमाएको बताउदै मोरङ जिल्लालाई नेतृत्व गर्ने क्रान्तिकारी भ्रुण केराबारीबाट जन्मिसकेको समेत बताउनुभयो। यो भ्रुणलाई बचाउने काम राष्ट्रप्रेमी सबै नागरीकको भएको उहाँको भनाई छ।

केराबारी क्रान्तिको पहिलो आधारभूमि भएको र यस लक्ष्यका साथ पार्टीले अभियान सुरु गरेको जनाउँदै प्रतिक्रियाबादी बिरुद्ध कडा कदम चालिने युगेनले बताउनुभयो।

नेपाल कम्युनिष्ट पार्टी दलाल संसदीय व्यवस्था बिरुद्ध आन्दोलन गर्दै आएको बताउदै पैसाको आडमा राजनीतिक गर्ने र करोड खर्चेर निर्वाचित हुने संसदीय ब्यवस्थाले असली जनप्रतिनीधि नपाउने र यस्तो ब्यवस्थाप्रति बिरोध गर्दै आएको र प्रतिनीधिको सम्पुर्ण हिसाव किताब खोजिने अर्का नेता गोपालले बताउनुभयो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close