जनप्रतिनिधीले समेत मागे निशानलाई भोट

मंगलबार २७ भाद्र २०७४ इटहरी न्युजडेस्क-
नेपाल आईडलका प्रतिष्पर्धी निशान भट्टराईलाई पूर्वका तीनजना मेयरले समेत भोट अपिल गरेका छन। भट्टराईलाई बिराटनगर महानगरपालिका, इटहरी उपमहानगरपालिका र उर्लाबारी नगरपालिकाका मेयरले भोट अपिल गरेका हुन।

मंगलबार निशानलाई भोट बिराटनगर महानगरपालिकाका मेगर भिम पराजुली, इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी र उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले भोट अपिल गरेका हुन।

बिराटनगरस्थित बरगाछी चौकमा बिराटनगर महानगरपालिकाका मेयर पराजुलीले निशान पूर्वको मात्र नभएर समग्र देशकै गहना भएकोले निशानलाई भोट गरेर नेपाल आईडल बनाउन आव्हान गर्नुभयो।

यस्तै इटहरी उपमहानगरपालिकाका मेयर चौधरीले निशान राम्रो गायक भएकोले उनले नेपाल आईडल जित्नुपर्ने भन्दै मोवाईलमा ०७ टाईप गरेर ३५२२५मा पठाउन आग्रह गर्नुभयो।

यसैगरी उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले गित संगितको कुनै जात नहुने भन्दै जातीय कुराबाट माथी उठेर निशानलाई भोट हाल्दै नेवाल आईडद बनाउन आग्रह गर्नुभयो। (तस्विरहरु : सामाजिक सञ्जालबाट )

२८ भाद्र २०७४, बुधबार ०४:२८ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु