जोखिमपूर्ण यात्रा गर्दै शिक्षा आर्जन गर्दैछन भाण्टाबारीका बिद्यार्थी

बुधबार २८ भाद्र २०७४ इनरुवा मिकाइल आलम –
सुनसरीको भाण्टाबारीमा मावि स्तरको बिद्यालयमा नहुँदा बिद्यार्थी जोखिमपूर्ण यात्रा गरेर पढ्न जान बाध्य छन। प्रावि अर्थात आधारभूत तह सम्म गाउँमै बिद्यालय भएपनि सो तह भन्दा माथीको पठनपाठन नहुँदा बिद्यार्थी जोखिम मोल्न बाध्य भएका हुन।

सो क्षेत्रका बिद्यार्थी माध्यमिक तहको अध्ययनका लागि ५ किलोमिटरको दुरीमा रहेको कोशी जनता मावि हरिपुरमा ज्यानको बाजी राखेर यात्रा गर्न बाध्य भएका हुन। उनीहरु मात्र होइन सो क्षेत्रका अधिकांस बिद्यार्थीहरु यस्तै जोखिमपूर्ण यात्रा गरेर उच्च शिक्षा लिईरहेका छन।

बिद्यार्थीले आफ्नो ज्यानको बाजी लगाएर बिद्यालय जानुपर्ने बाध्यता लामे समय देखिकै भएपनि समस्या समाधानका लागि राज्य तथा गैर राज्य दुवै पक्षबाट खासै पहल भएको छैन। जसका कारण बिद्यार्थी बस र म्याजिक भेन लगायतका सवारी साधनमा जोखिमपूर्ण यात्रा गर्दै ज्ञान आर्जन गरिरहेका छन्।

यो समस्या हेर्दा वा सुन्दा सामान्य लागेपनि बिद्यार्थी अहिले दिनहुँ जोखिमपूर्ण यात्रा गर्न बाध्य छन। दुर्घटनाको जोखिम हुने भन्दै यसतर्फ सरोकारवालालगायत सबै पक्षको ध्यान जानू जरुरी रहेको भाण्टावारीका स्थानीय मिनहाज मियाले बताउनुभयो।

बिद्यार्थी बिद्यालय जान झोला बोकेर घरबाट निस्किएपछि पुन घण्टौं सम्मको प्रतीक्षा पछि मात्र बिद्यालय पुग्ने गरेका छन्। कुनै दिन त गाडीमा यात्रु भरिभराउ हुँदा बिद्यार्थी बस स्टेन बाटै घर फर्किने गरेका छन।

मुस्किलले महिनामा एक हप्ता पनि बिद्यार्थीहरु बिद्यालय समयमा आउने गरेको कोशी मावि हरिपुरका शिक्षक शिवनारायण मण्डलले बताउनुभयो। उहाँले छात्रछात्रा बिद्यालयको समय भन्दा ढिलो आएपनि हाजिर बनाइदिने गरेको बताउनुभयो। ढिलो भयो भने बस नपाउने भन्दै भाण्टावारी अधिकांश बिद्यार्थी टिपिनमै भाग्ने गरेको कक्षा ९मा अध्ययनरत सैनुल हकले बताउनुभयो।

लामो समयदेखि जोखिमपूर्ण यात्रा गर्दै बिद्यार्थीले ज्ञान हासिल गरिरहेका छन उनिहरु भन्छन भविष्यमा पनि यो समस्याको समाधान हुने सम्भावना न्यून छ। बिद्यालय पुग्न उनीहरुसँग साइकल बाहेक अर्को कुनै भरपर्दो बिकल्प छैन। सो क्षेत्रका बिपन्न तथा गरिब परिवारका बिद्यार्थी मध्ये अधिकांशसँग साइकल पनि नभएकोले उनीहरु जोखिमपूर्ण यात्रा गरेर पढ्न जान बाध्य भएका हुन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close