सुकुना क्याम्पसमा पाँचदिने तालिम समापन

बुधबार २८ भाद्र २०७४ सुन्दरहरैँचा शिव भट्टराई-
मोरङ्गको सुन्दरहरैँचास्थित सुकुना बहुमुखी क्याम्पसमा सञ्चालित पाँचदिने तालिमको समापन गरिएको छ। क्याम्पसले स्नातकोत्तर अध्ययनरत बिद्यार्थीलाई लक्षित गरेर तालिम सञ्चालन गरेको हो।

बिद्यार्थीलाई उद्योग सञ्चालन सम्बन्धी अनुसन्धान गर्न र उद्योग ब्यवसायमा आवश्यक पर्ने जनशक्तिलाई सिपमुलक बनाउन क्याम्पसले तालिम सञ्चालन गरेको क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराईले बताउनुभयो।

शैक्षिक सँस्था र उद्योग ब्यवसायबीच समन्वय गर्न तालिम सञ्चालन गरेको क्याम्पस प्रमुख भट्टराईले बताउनुभयो। तालिमपश्चात बिश्वबिद्यालयले उत्पादन गरेका बिद्यार्थीलाई रोजगारयुक्त बनाउन र उद्योग सञ्चालन गर्न सक्षम बनाउन र आत्मनिर्भर बन्न सहज हुने क्याम्पस प्रमुख भट्टराईको भनाई छ।

समापन कार्यक्रमका सहभागीहरु / फोटो : शिव भट्टराई भोजपुरे

तालिममा स्थानीय उद्योगपति भोलेश्वर दुलाल, भिम घिमिरे, केदार भण्डारी, मितेरी बैँकका प्रमुख तुलसी वस्तीलगायतले सहजिकरण गरेका थिए। तालिममा सुकुना क्याम्पसका ६०जना बिद्यार्थी एवं बिभिन्न संघ सँस्थाबाट बिभिन्न ब्यक्तिले सहभागीता जनाएका थिए।

यसैबीच तालिम समापन कार्यक्रममा महेन्द्र मोरङ्ग क्याम्पस बिराटनगरका उप प्रमुख मोहन प्रसाद श्रेष्ठले उद्यमशिलता भन्ने बित्तिकै हाम्रा छरछिमेकीबाट आफुले सिक्ने कुरा हो भन्दै तालिमबाट उद्योगी र बिश्वबिद्यालय बीच सुमधुर सम्बन्ध स्थापित भएको बताउनुभयो।

श्रेष्ठले चिया पसल खोल्नु एउटा उद्योग ब्यापार सरह भएको भन्दै पढेर मात्र नभएर सिप ठुलो हुने बताउनुभयो। उहाँले बिदेशिनु भन्दा स्वदेशमा नै रोजगार बन्नु उत्कृष्ठ भएको भन्दै बिद्यार्थीलाई सोहि तरिकाबाट अघि बढ्न सल्लाह दिनुभयो।

यस्तै सुकुना क्याम्पसका प्राध्यापक अर्जुनराज अधिकारीले आफ्नो अनुभव सुनाउँदै बिद्यार्थीलाई कसरी उद्योग कलकारखानामा काम गराउन सकिन्छ भन्दै यस्तो कार्यक्रम समय समयमा हुँदै गर्नुपर्ने बताउनुभयो। आँफुले पनि यस्तै कुरालाई मध्यनजर गर्दै उद्योगपतिले भनेका कुराले आँफुलाई उद्योग ब्यापारमा लाग्ने प्रेरणा मिलेको बताउनुभयो।

यसैगरी क्याम्पस प्रमुख भट्टराईले तालिममा सहभागी बिद्यार्थी र तालिम प्रदान गर्ने उद्योगीलाई धन्यवाद दिँदै उद्योग र बिश्वबिद्यालय बीचमा कसरी बिद्यार्थीलाई समन्वय गराउन सकिन्छ भन्नेमा आँफु दृढ भएर लागेको बताउनुभयो।

उहाँले आफ्नो कलेज पढेका बिद्यार्थीले बिदेश ताक्नु नपर्ने भन्दै तालिमले उर्जा थप्ने काम गरेको बताउनुभयो। क्याम्पस प्रमुख भट्टराईले आफ्ना बिद्यार्थी सानो तिनो भएनी उद्योगी बन्न सकुन भन्नुभयो। कार्यक्रमको संयोजन एवं उद्योषण क्याम्पसका प्राध्यापक बलराम पोख्रेलले गर्नुभएको थियो।

२८ भाद्र २०७४, बुधबार १२:०७ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु