सुनसरीमा बालबालिकाको अवस्था

बिहिबार २९ भाद्र २०७४ सुनसरी मिकाईल आलम –

नेपालले बालअधिकार सम्बन्धि महासन्धि सिआरसी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेपछि नेपालमा पनि बालदिवस मनाउन थालिएको हो।

बालअधिकारको विकास, बालअधिकारको संरक्षण, बाल सहभागिता र बाल बचाउ लगायत विषयमा अन्तर्रा्ष्ट्रिय प्रतिबद्धता प्रकट गरेको अवसरमा र राष्ट्रिय कानुनले प्रतियाभुत गरेको बालअधिकार तथा बाल संरक्षणको क्षेत्रमा कामको मुल्यांकन गर्ने दिनको दिनको रूपमा प्रत्येक वर्ष भदौ २९ अर्थात आजैका दिन सरकारले बाल दिवसको रूपमा मनाइदै आएको छ। नेपालले सन्युक्त राष्ट्र संघीय बाल अधिकार महासन्धि १९८९ लाई अनुमोदन गरेको आज २७ वर्ष पूरा भएको छ । यस अवधिमा केही सकारात्मक परिवर्तन भएपनि बालबालिका माथि हुने शारीरिक र मानसिक यातनामा कमि आउन सकेको छैन । जसका कारण बाल हननका घटना दिनानुदिन बढदो छ ।

बाल अधिकारका चार महत्त्वपूर्ण पक्षहरु बचाउ,संरक्षण,विकास र सहभागिता सम्बन्धि अधिकार लाई प्रत्येक बालबालिकाले निर्वाध रूपमा उपभोग गर्ने वातावरणको सृजना हुन सकेको छैन । उपभोग गर्न पाउने वातावरण सृजना गर्न सरकारले विभिन्न कार्यक्रमहरु अघि सारेपनि त्यो प्रयाप्त र प्रभावकारी नभएको सरोकारवालाहरु बताउँछन् ।

सुनसरीमा बालबालिकाको अवस्था

राष्ट्रिय जनगणना तथा घरपरिवार सर्वेक्षण २०६८ अनुसार सुनसरी जिल्लाको बालबालिकाको जनसंख्या लाई हेर्दा ० देखि ४ वर्ष सम्मका बालिकाको संख्या ३३,४१७ र बालकको ३४,६३५ गरि जम्मा ६,८०,५२५ रहेको छ । ४ देखि १४ वर्ष उमेरका बालबालिकाको संख्या बालिका ८८,९२६ र बालक ९३,४०० गरी जम्मा १,८२,३२६ रहेको छ भने १५ वर्ष उमेरका बालबालिकाको संख्या लाई केलाउदा औषत बालिका ३३,७२३ र बालक ३३,८७४ गरी कुल ६७,५९७ जना देखिन आएको छ।

गाविस,नपा र उपमनपा अनुसार बालबालिकाको विवरण

राष्ट्रिय जनगणना २०६८ अनुसार जिल्लामा जम्मा जनसंख्या मध्ये ० देखि १९ वर्ष उमेरका १,६४,४९७ जना बालिका र १,७०,३७८ जना बालक गरी जम्मा ३,३४,८७५ जना बालबालिका रहेका छन।

जुन कुल जनसंख्याको ४३.८६ प्रतिशत हुन आउछ । विभिन्न साविक गाविसहरुमा रहेकोे यस उमेर समुहका संख्या सबैभन्दा धेरै इटहरी उपमहानगरपालिकामा ५७,७३३ जना र सबभन्दा कम तत्कालीन गौतमपुर गाविसमा १,६११ जना बालबालिका रहेको तथ्यांकमा उल्लेख छ । बालबालिकाको सुरक्षित जन्मपश्चात् चौतर्फी विकासको लागि उनीहरूलाई उमेर र अवस्था अनुसारको औपचारिक र अनौपचारिक शिक्षा आवश्यक पर्दछ । अभिभावकको माया,ममता,उचित वातावरण र राम्रो परिवेशले उनीहरू लाई सकारात्मक र राम्रो काम गर्न सहयोग पुग्दछ । शिक्षाले उनीहरूको बौद्धिक विकासमा सहयोग पुग्छ भने मनोरञ्जन र खेलकुद जस्ता अतिरिक्त कृयाकलाप शारीरिक विकासका लागि अति आवश्यकता हुन्छ ।

सुनसरीमा साक्षरताको अवस्था

व्यक्तिको अन्तरनिहित सृजनात्मक प्रतिभा र क्षमता लाई उजागर गर्दै समाजिक,उथान गर्न,मानवीय मुल्य र मान्यता लाई आत्मसात गरी वैज्ञानिक आधारमा कार्य सम्पादन गर्न सक्ने नागरिक तयार गर्नु आधुनिक शिक्षाको मुल उद्देश्य हो ।
सुनसरीमा विभिन्न सरकारी र गैरसरकारी संघ संस्था तथा निजी क्षेत्रले गुणस्तरीय शिक्षाको लागि कार्य गरिरहेका छन् । ३६,३७४ पुरुष र ३१,९३२ महिला गरी ६८,३०६ जना कम्तीमा एसएलसी उतिर्ण गरेको द स्टेट अफ चिल्ड्रेन अफ सुनसरी नामक पुस्तकमा उल्लेख गरिएको छ ।

शैक्षिक संघ संस्था र विद्यार्थी

बाल अधिकार महासन्धि सन १९८९ को धारा २८ र २९ मा बालबालिकाको शिक्षाको अधिकार लाई बाल अधिकारको रूपमा व्यवस्था गरी यससम्बन्धी स्पष्ट व्याख्या गरिएको छ । नेपालको परिपेक्षकमा कुरा गर्दा ८ प्रतिशत भन्दा बढी बालबालिका अझै पनि बिद्यालय बाट वन्चित रहेका छन् । जिल्लाभर जम्मा ७ सय ६४ वटा बालविकास केन्द्रमा १५,५७८ बालबालिका अध्ययनरत छन् भने ३ सय ९७ बिद्यालयमा १,१०,५५१ जना बालबालिका अध्ययनरत छन् ।

बिद्यालय बाहिर रहेका बालबालिका

जिल्ला शिक्षा कार्यालय, बिद्यालय तथा बालबालिकाको क्षेत्रमा कार्यरत विभिन्न संघ संस्थाहरुले बालबालिका लाई बिद्यालय भर्ना गराउन र नियमित गराउनका लागि शैक्षिक सत्र सुरु हुने समयमा र अन्य समयमा पनि विभिन्न खालको सचेतना कार्यक्रम,घरदैलो कार्यक्रम संचालन गर्ने गरेको पाइन्छ । तथापि अझै पनि जिल्लामा धेरै संख्यामा बालबालिका बिद्यालय बाहिर रहेका छन् । सबैभन्दा बढी इटहरी उपमहानगरपालिका मा १,४८१ जना बालबालिका बिद्यालय बाहिर रहेका छन् भने साविकको मधेशा गाविसमा सबैभन्दा कम २६ जना बालबालिका बिद्यालय बाहिर रहेको तथ्यांकले देखाउछ ।

जिल्लामा बालश्रमको अवस्था

विभिन्न क्षेत्रमा काममा संलग्न रहेका बालश्रमिकहरुको यकिन तथ्यांक लिन नसकिए भएता पनि धरान उपमहानगरपालिका र इटहरी उपमहानगरपालिकाको आसपास क्षेत्रमा विभिन्न उमेर समुहको सडक बाल मजदुरको संस्था बढदो छ ।

सडक बालबालिकाको अवस्था

सुनसरीको खासगरी धरान र इटहरी उपमहानगरपालिका क्षेत्रमा विभिन्न उमेर समूहको सडक बालबालिका रहेको छ । जिल्लाको सडक बालबालिकाको यकिन तथ्यांक संकलन गरिएको छैन र यी दुई उपमहानगरपालिका भन्दा अन्य स्थानमा सडक बालबालिका समेत रहेको देखिदैन ।

प्रत्येक वर्ष भदौ ४ गते मनाइदै आएको बाल दिवस २०६३ साल देखि भदौ २९ गते मनाउन थालिएको हो । प्रत्येक बिद्यालयहरुमा विभिन्न कार्यक्रमहरु गरी यो वर्ष पनि सुनसरी लगायत देशभरीनै बाल दिवस बिहीबार मनाउदै छ । सरकारी तथा गैरसरकारी क्षेत्रमा आवद्ध संघ संस्थाहरु विभिन्न नारा दिएर यो वर्ष पनि दिवस मनाउने तयारी गरिएको हो । बालबालिकाको चौतर्फी विकासका लागि पढाईका साथै अरु विभिन्न कृयाकलाप पनि आवश्यक हुन्छन् ।

खेलकुद,साङगितिक,निबन्ध,कविता,हाजिरी जवाफ लगायत विभिन्न किसिमका कार्यक्रम गरी प्रत्येक बिद्यालयले यो दिवस मनाउने गरेका छन । तर अझै पनि बिद्यालयमा विद्यार्थी शारीरिक र मानसिक यातनाको सिकार बन्नु परिरहेको अवस्था छ । बिद्यालयलाई शान्ति क्षेत्र घोषणा गरेको वर्शौ बितिसक्दा समेत त्यो व्यवहारमा भने लागू भएको देखिदैन । देशमा हुने गरेको अशुद्ध राजनीति बाट सबभन्दा बढी शैक्षिक क्षेत्र ग्रसित छ भन्दा बेठिक नहुन सक्छ । “education is light of life “ अर्थात शिक्षा भनेको जीवनको ज्योति हो यो कुरा सबैलाई अवगत भएकै कुरा हो । २१ औं शताब्दी मा शिक्षा बिना अधिकार सम्पन्न समाजको कल्पना गर्नु भनेको हात्तीको मुखमा जिरा जस्तै हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close