‘सेफ्टी पिन’मा परे ७१ जना, लेखपढ गरेकैबाट बढी दुब्र्यवहार

शुक्रबार ३० भाद्र २०७४ इटहरी न्युजडेस्क-
राजधानीमा सार्वजनिक यातायातमा महिला तथा बालबालिकामाथि हुने दुब्र्यवहार न्यूनिकरण गर्न प्रहरीले चालेको सेफ्टी पिन अभियानमा ७१जना पक्राउ परेका छन।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले साउन १८गतेदेखि यो अभियान चालेको थियो। सार्वजनिक यातायातमा महिला तथा बालबालिकामाथि हुने यौनजन्य दुब्र्यवहारलाई न्यूनिकरण गरी उनीहरुको लागि सुरक्षित यात्रा गर्ने वातावरण बनाउन प्रहरीले ३३ वटा टोली बनाई उपत्यकाका बिभिन्न सवारीसाधनमा खटाएको थियो।

सादा पोशाकका प्रहरीले यस्तो प्रकृतीको दुब्र्यवहार गर्ने ७१ जनालाई अहिलेसम्म नियन्त्रणमा लिइसकेको प्रहरीले जानकारी दिएको छ।

गालीगलौज गर्ने ४८, अश्लिल क्रियाकलाप गर्ने १०जना, अन्य ५ र पाकेट मार्ने ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

यौनजन्य दुब्र्यवहार र गालीगलौज गर्ने बढी लेखपढ गरेकै व्यक्ति रहेका प्रहरीले जनाएको छ। यौनजन्य दुब्र्यवहार र गालीगलौज गर्ने ४८जना मध्ये सबैभन्दा बढी लेखपढ जानेका ३८ जना छन् भने स्नातकोत्तर गरेका १जना समेत छन। प्रहरीले यस्तो हिंसाजन्य कृयाकलापमा १५ देखि २५ बर्ष उमेर समूहको बाहुल्यता रहेको जनाएको छ।

यो अभियान ३ महिनासम्म निरन्तर सञ्चालन हुने र त्यसपछि आवश्यकताअनुसार सञ्चालन हुने प्रहरीले जनाएको छ। प्रहरीले पीडितको उजुरी गोप्य राखिने भएकाले यस्ता कृयाकलाप भए प्रहरीको हटलाईन १०० मा खबर गर्न भनेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close