मानव अधिकार आयोगद्वारा प्रतिवेदन सार्वजनिक

शुक्रबार ३० भाद्र २०७४ इटहरी न्युजडेस्क-
राष्ट्रिय मानवअधिकार आयोगले तेश्रो चरणको स्थानीय तहको निर्वाचनको संक्षिप्त अनुगमन प्रतिवेदन सार्वजनिक गरेको छ। जनकपुरमा गरिएको एक कार्यक्रमका बीच आयोगका सदस्य सुदिप पाठकले अनुमगमन प्रतिवेदन सार्वजनिक गर्नुभएको हो।

प्रतिवेदनमा निर्वाचनको क्रममा बालबालिकाको अत्याधिक प्रयोग भईरहेको उल्लेख गरिएको छ। आयोगले सप्तरी,सिरहा,धनुषा र महोत्तरी जिल्लाका कतिपय मतदान केन्द्रहरु खोला तरेर जानुपर्ने भएकाले पानी परेमा बैकल्पिक व्यवस्था मिलाइएको नपाइएको जनाइएको छ।

त्यसैगरी ति जिल्लामा मतदाता शिक्षा प्रभावकारी रुपमा सञ्चालन नभएको तथा अनुमगनको क्रममा सबै जिल्लाहरुमा आम मतदातामा निर्वाचन प्रति उत्साहपूर्ण सहभागिताका लागि प्रतिक्षारत रहेको पाइएको छ।

उम्मेदवारी दर्ताको समयमा उम्मेदवारहरुलाई अवरोध र धम्की नआएको जनाइएको छ। उम्मेदवारहरुले प्रचारप्रसारको लागि अत्याधिक रुपमा भारतीय गाडीहरुको प्रयोग गरिएको पाइएको जनाइएको छ।

स्थानीय प्रशासनले शान्ति सुरक्षाका लागि भन्दै केही जिल्लाहरुमा मानिसहरुलाई नियन्त्रणमा लिइएको पनि जनाइएको छ।

३० भाद्र २०७४, शुक्रबार १२:४३ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु