ट्यांग्रा पुलको खाल्टा जनता आँफैले पुरे, जनप्रतिनिधीलाई कुरीकुरी

शनिबार ३१ भाद्र २०७४ इटहरी न्युजडेस्क-
सुनसरीको इटहरीस्थित ट्यांग्रा पुलको इटहरीका दुईवटा सँस्थाले मर्मत गरेका छन। पूर्वमा खाल्टा खुल्टी परेर ट्राफिक जाम बढेको भन्दै ती सँस्थाले खाल्टाखुल्टी पुरेका छन।

शनिबार बिहान इटहरी बितरक संघ र लाईन्स क्लव अफ इटहरी ग्रिन सिटीले पुलको भागमा रहेको खाल्टा खुल्टी पुरेका हुन। इटहरी बितरक संघ आँफैले खरिद गरेर ल्याएको गिट्टीले उनिहरुले पुरेका हुन।

करिव ३०जनाको संख्यामा रहेका सवयं सेवकहरुले खाल्टा खुल्टी पुरीरहँदा पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका ट्राफिकले सवारी आवागमन एकतर्फी बनाईदिएर सहयोग गरेको थियो।

यसैबीच लायन्स क्लव अफ इटहरी ग्रिन सिटीका नारायण सुवेदीले पुलमा भएका खाल्टा खुल्टीका कारण सवारी साधनहरुलाई निर्वाध चल्न अफ्ठेरो परेर जाम हुने गरेका कारण आजको कामले ट्राफिक जाम न्युनिकरणमा मद्वत पुग्ने बताउनुभयो।

स्वंय सेवकहरुले खाल्टा पुरीरहँदा सवारी चालक अनि यात्रुहरुले धन्यवाद समेत दिएका छन। स्थानीय सरकारले गर्नुपर्ने काम जनस्तरबाटै भएकोले जनप्रतिनिधीहरुलाई लाज लाग्नु पर्ने एकजना बटुवाले पूर्वी खबरसँग बताएका छन।

इटहरी जस्तो ब्यस्त सहर त्यसमा पनि ट्यांग्रा पुलमा सम्बन्धित निकायको ध्यान नपुग्नु जत्तीको लाजमर्दो केहि नभएको उनको ठम्याई छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close