मकालुले मनायो बाल/शिक्षा दिवस

शनिबार ३१ भाद्र २०७४ रंगेली केशव न्यौपाने –
मोरङ्गको रङेलीस्थित मकालु बोर्डिङ स्कुलले शिक्षा दिवस एवं बाल दिवस बिभिन्न कार्यक्रम गरि मनाएको छ।

बुधबार र बिहीबार नृत्य ,हाजिरी जवाफ, चित्रकला, म्युजिकल रेस लगायत प्रतियोगिता गरिएको बोर्डिङका प्रिन्सिपल भक्तराज सुब्बाले बताउनुभयो।

प्रतियोगितामा बिजयी हुने छात्रछात्रालाई प्रिन्सिपल सुब्बा तथा शिक्षकले पुरस्कार बितरण गरेका थिए।

सो अबसरमा गत बर्षको अन्तिम परिक्षामा बोर्डिङ फस्ट हुने छात्र बैभब बिश्वासलाई सम्मान समेत गरिएको थियो। यस्तै बोर्डिङमा अध्यापनरत शिक्षक शिक्षिकालाई पनि सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो।

३१ भाद्र २०७४, शनिबार ०५:१० मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु