गजल

मुहार गोरो मनकि कालि रहेछौ

स्वार्थी अनि धेरै नै जालि रहेछौ

 

भमराहरु लोभ्याउन अति सिपालु

सुन्दर तिमी फुलको डालि रहेछौ

 

बिचारले चै सङ्लो बनि बगिदिने

ब्यवहारमा चै फोहोरि नालि रहेछौ

 

मन सगै धन पनि लुटे पछि प्रेमिको

गडि मुटुमा पिडा दिने फालि रहेछौ

 

-ख्याम चम्लागाई

मोरङ द्रबेशा८दोमहना बजार

हाल दोहा कतार

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close