पूर्वमा धमाकेदार बिजनेस गर्दै जोनी जेन्टलमेन

शनिबार ३१ भाद्र २०७४ धरान कृष्ण भुजेल-
नेपाली चलचित्र जोनी जेन्टलमेनले आज दोश्रो दिन पनि धमाकेदार ब्यापार गरेको छ। हिजो भाद्र ३०गते देशभर प्रदर्शन शुरु गरेको चलचित्रले आज धरानलगायत पूर्वका बिभिन्न हलहरुमा उल्लेख्य बिजनेस गरेको हो।

नेपाली म्युजिक भिडियोमा सर्वाधिक रुचाईएका मोडल पल शाह र प्रशस्त सम्भावना बोकेकी नायिका आँचल शर्माद्वारा अभिनित चलचित्रमा प्रेम, रोमान्स, मिलन बिछोड सबै पक्ष समेटिएको छ। चलचित्र पलले अभिनय गरेको तेश्रो तथा आँचलले अभिनय गरेको दोश्रो चलचित्र हो।

नायक पलले अभिनय गरेको यो तेश्रो चलचित्र हो। पलले यसअघि नाई नभन्नु ल ४ र म यस्तो गित गाउँछुमा पनि अभिनय गरेका छन। मानवीय जीवनमा हुने राम्रा र नराम्रा सवै पक्ष चलचित्रमा समावेश गरिएको चलचित्र निर्माता एन्ड्रे पौडेलले बताएका छन।

३१ भाद्र २०७४, शनिबार ०९:४५ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु