स्वदेश मै अवसर छ यिनलाई

शनिबार ३१ भाद्र २०७४ सुनसरी मिकाईल आलम-
योग्यता,सीप,दक्षता भएर पनि स्वदेशमा काम गर्ने अवसर नपाँउदा दैनिक हजारौ नेपालीहरु बिदेशी भुमिमा पसिना बगाउन जाने क्रम अहिले पनि जारी छ। बिदेशमा गएर पसिना बगाउनु कुनै पनि नेपालीको रहर नभई बाध्यता हो।

बिदेशमा काम गर्न जाने नेपालीहरु घटनुको सट्टा दिनप्रतिदिन बढदै गएको तथ्याङ्कहरुले देखाइरहेको छ। खासगरी स्वदेशमा प्रयाप्त रोजगारीको अवसर सिर्जना गर्न नसक्नु, ग्रामीण क्षेत्रमा भएका पुर्वाधारहरुको पनि राम्ररी विकास गर्न नसक्नु,स्रोत र साधनको अभाव,औद्योगिक विकास नहुनु, कृषिको आधुनिकीकरण तथा व्यवसायीकरण गर्न नसक्नु आदि कारणले रोजगारीको सिर्जना हुन नसकी बेरोजगारको संख्या बढदै गएको हो । अहिले करिब ४० लाख बढीको हराहरीमा नेपालीहरु संसारको विभिन्न देशहरुमा काम गर्न गएको अनुमान गरिएको छ । खानै मुखलाइ जुँगाले छैक्दैन भन्ने नेपाली एउटा उखान जस्तै कोशी गाउँपालीका भाणटावारीका एक व्यापारीले काम गर्न योग्यता र दक्षता नभए पनि स्वदेशमै काम गरेर राम्रो आम्दानी गर्न सफल हुने प्रमाणित गरिदिएका छन्।

स्वदेशमा बसेर राम्रो आम्दानी गर्न सफल भएका यिनी हुन कोशी गाउँपालीका वडा नम्बर ८ भाण्टावारीका रसूल मियाँ । मिया एउटा केरा व्यापारी हुन। उनी एकाबिहानै ठेलामा केरा लिएर आउँछन दिनभरी केरा बेच्नै काम गर्छन। केरा बेचेर एक हजार देखि तीन हजार सम्म दिनको कमाउने गरेका छन्। २० वर्ष देखि केराको कारोबार गर्दै आएका मिया यहीँ केरा बेचेर १० जनाको पेट पाल्दै आएको बताउँछन। मियाँ आफनो यो पेशाबाट पूर्ण सन्तुष्ट रहेको बताउँदै भन्छन् काम कुनै पनि सानो र ठुलो हुदैन। आफुले जानेको सिकेको जे छ त्यसैमा निरन्तर मेहनत र लगनशील भएर काम गर्न सक्यो भने त्यसबाट नै परिवारको जीवनमा खुशी ल्याउन सकिनेमा एउटा दरिलो उदाहरणका रुपमा मियाँलाइ लिन सकिन्छ।

मियाँसंग सुरुमा केरा किन्ने पैसा नहुँदा अरुको केरा बेच्ने गर्थे। केहि वर्ष अरुकै केरा बेचेर गुजारा चलाएपनि बिस्तारै आफै पुँजी एकत्रित गरेर अहिले आफनै केरा ब्यापार सञ्चालन गरिरहेका उनी खुशी हुदै भन्छन् अरुको केरा बेच्दा खासै बढी कमाइ हुदैन्थ्यो त्यति बेला आफूसंग केरा किन्ने पैसा पनि थिएन मियाँ अहिले भन्छन्। मिया त एउटा उदाहरण मात्र हुन उनी जस्ता दर्जनौ परिवारको चुल्हो भाण्टावारी बजारमा यही यस्तै व्यापार गरी बल्दै आएका छन। केरा,चना, मटर,बदाम तथा विभिन्न किसिमका फलफूलहरु बेचेर सुनसरी सदरमुकाम इनरुवा देखी २२ किलोमिटर दक्षिणमा रहेको भाणटावारीको सानो बजारको कमाइ बाट परिवारको जिविकोपार्जन गर्ने दर्जनौं छन। जस्को दिनचर्या नै सडकमा समान बेच्दै बित्ने गरेको छ।

चेतनाको अभावले बिद्यालय पढने ८ देखि १४ वर्ष सानो उमेरका बालबालिका पनि पूर्व पश्चिम राजमार्ग अन्तर्गतको बसमा पानी बेचिरहेका हुन्छन। बिद्यालय पढने कलिला उमेरका बालबालिका पैसाको चाख सानै उमेरबाट देखेको र अभिवाकको गल्त दृष्टिकोणले उनीहरू हातमा कोपि कलम समात्नुको साटो पानीको बोतल समात्न बाध्य भएको भाण्टावारीका स्थानीयहरुको कथन छ। भारतीय सिमा नाकासंग जोडिएको त्यस क्षेत्रमा पैसा कमाउने अनेक थरीको माध्यमहरु मध्ये राजमार्गमा विभिन्न किसिमका व्यापार गरी नेपाली देखि दर्जनौ भारतीय पनि आफनो जिविका वर्षो देखि यहीक्षेत्रको कमाईबाट चलाउदै आएका छन।

५ वर्ष देखि भाण्टावारीमा केरा बेच्दै आएका भारत भिमनगरका रमेशले नपढे लेखेकोहरुलाइ जीविकोपार्जन गर्न काम पाउन पारी मुस्किल रहेकोले यहाँ केरा बेचेर परिवारको पेट पाल्दै आएको बताए। उनले केरा बेचेर दुई जना छोरालाइ बोर्डिङ स्कुलमा पढाइ रहेको पनि बताए। यसरी सानो बाजार भएपनि भाणटावारीमा सयौं नेपाली तथा भारतीय केरा बेच्ने देखि रिक्सा चलाएर परिवार चलाउदै आएका छन।

भाण्टावारी बस स्टेन देखि भारतको भिमनगर सम्मको यात्रु ओसारपसार गरेर दिनको ५०० देखि १००० सम्म कमाइ गर्नै गरेको रिक्सा चालक मोहम्मद कलिम मियाको कथन छ। सिप अनुसार कामको अभावकै कारण अहिले सो क्षेत्रका सयौं सर्वसाधारणहरु यस्ता काम गरी जिविकोपार्जन गर्दै आएका छन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close