नगर महिला सञ्जाल रंगेलीद्वारा सरसफाई

आईतबार ०१ असोज २०७४ रंगेली केशव न्यौपाने-
मोरङ्गको रंगेलीस्थित नगर महिला सञ्जालले स्थानीय संसारी माइस्थानमा बृहत सरसफाई गरेको छ।

चाडबाडको बेला मन्दिर छेत्र सफा रहोस र बाहिरबाट आउने भक्तजनमा पनि यस क्षेत्रका महिलाको पनि मन्दिरमा योगदान रहेको छ भन्ने सन्देश जाओस उदेश्यले कार्यक्रम गरिएको संजाल अध्यक्ष चन्द्रकला खड्काले बताउनुभयो।

रंगेली नगरपालिका ७मा रहेको श्री संसारी मन्दिरमा नवरातृमा भब्य पुजा हुने गरेको छ। मन्दिर प्रदेश न १कै चर्चित मन्दिर हो।सो मन्दिरमा नवरात्रीमा पुर्वाञ्चलमा हुने पुजा मध्यको सबैभन्दा ठुलो पुजा हुने गरेको मन्दिर संरक्षण समितिका अध्यक्ष सजिब श्रेष्ठले बताउनुभयो।

१ आश्विन २०७४, आईतवार ०३:०९ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु