सुनसरी तीनबाट चुनाव नलड्न गच्छदारलाई ओलीको सुझाव

आईतबार ०१ असोज २०७४ इटहरी न्युजडेस्क-
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फोरम लोकतान्त्रिकका अध्यक्ष बिजय कुमार गच्छदारलाई आगामी निर्वाचनमा निर्वाचनक्षेत्र परिवर्तन गर्न सुझाव दिनुभएको छ। सुनसरीको दुहवीमा पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले त्यस्तो सुझाव दिनुभएको हो।

ओलीले अव सुनसरी क्षेत्र नम्वर तीनको इतिहाँस परिवर्तन हुदैछ भन्दै गच्छदार आफ्नो मित्र भएकोले नजित्ने ठाँउमा किन नउठ्न सल्लाह दिनुभयो। ओलीले भन्नुभयो“ गच्छदार जी अव यो क्षेत्रबाट उठ्ने झण्झट नगर्नुस”।

उहाँले अव सो क्षेत्रमा एमाले बाहेक अन्य कसैले चनाव जीत्न नसक्ने भन्दै एमाले झन् झन् बलियो हँुदै गइरहेकाले अव एमालेलाई हराउने सपना नदेख्न आग्रह गर्नुभयो।

कार्यक्रमलाई सम्वोधन गर्दै एमाले सचिव भीम आर्चायले एमाले बिशाल जनआधारित पार्टी भएकाले अबको निर्वाचनमा एमालेले बहुमत ल्याउने दावी गर्नुभयो।

पार्टी प्रवेश गराउँदै अध्यक्ष ओलीलगायत अन्य / फोटो : प्रेम गिरी दुहवी

यसैगरी एमाले केन्द्रीय सदस्य भगवती चौधरीले सुनसरी क्षेत्र नम्वर तीनमा एमालेले जीतेर देखाउने प्रतिबद्धता जनाउनुभयो। वैकल्पिक केन्द्रिय सदस्य तैयव हुसेनले सुनसरी क्षेत्र नम्वर तीनलाई पार्टीले बिशेष ढंगले हेर्ने बताउनुभयो

कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश गरेका सयबढिलाई अध्यक्ष ओलीले अविरमाला लगाएर स्वागत गर्नुभयो। राप्रपा सुनसरीका बरिष्ठ उपाध्यक्ष रामबिलास मेहता, राप्रपा सुनसरीका प्रवक्ता गोविन्द घिमिरेसहितका ब्यक्तिहरु बिभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका हुन।

असोज ११गते बृहत पार्टी प्रवेश कार्यकम गरि हजारौलाई पार्टी प्रवेश गराउने केन्द्रीय सदस्य भगवति चौधरीले जानकारी दिनुभयो।

-लिलाराज भट्टराईको सहयोगमा

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close