कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल जापानमा पक्राउ

आईतबार ०१असोज २०७४इटहरी न्युजडेस्क-

नेपाली कांग्रेसका युवानेता प्रदीप पौडेल जापानमा अध्यागमनको हिरासतमा परेका छन। शनिबार नेपाली कांग्रेसको भातृ संस्था जनसम्पर्क समिति जापानको कार्यक्रममा भाग लिन जाने क्रममा उनी नागिता विमानस्थलमा पक्राउ परेका हुन।

समितिका पदाधिकारी डीवी कँडेलले पौडेलसहित कांग्रेसका नेता तथा सांसद धनराज गुरूङलाई समेत कार्यक्रममा बोलाएका थिए तर आयोजक कँडेलले ठूलो रकम लिई असम्बन्धित व्यक्तिसमेत लगेको भेटिएपछि पौडेल समेत पक्राउ परेका हुन। उनीहरू नागिता एयरपोर्टस्थित अध्यागमनको हिरासतमा छन।

पौडेलको प्रत्यक्ष गल्ती नदेखिए पनि उनलाई लैजाने जनसम्पर्क समितिका कँडेलले ठूलो रकम लिएर मानव ओसारपसार गरेको देखिएपछि सबैलाई हिरासतमा राखिएको छ। उनीहरुलाई अध्यागमनले शनिबार हिरासतमा लिएको हो।

कँडेलले नेता पौडेल र गुरुङलाई अतिथिका रुपमा लाने बहानामा ठूलै रकम लिएर अरु केही ब्यक्तिलाई जापान छिराउन खोजेका थिए। मानवतस्कर कँडेलबारे जानकार हुँदाहुँदै पनि पौडेल र गुरुङ उनको निम्तामा जापान जानुले उनीहरुको समेत मिलेमतो त होइन भन्ने आशंका उत्पन्न गरेको छ । पौडेलको कँडेलसँग मिलेमतो देखिएको आशंकामा जापानको अध्यागमनले हिरासतमा राखेको जनाएको छ। यसअघि कांग्रेसका अर्का नेता गगनकुमार थापाले यूरोपका विभिन्न देशमा धेरै युवाहरुलाई लगेर छाडेको आरोप लागेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close