बिदेशी सेफद्वारा प्रिमियरका बिद्यार्थी प्रशिक्षित

आईतबार ०१ असोज २०७४ इटहरी न्युजडेस्क –

सुनसरीको इटहरीस्थित प्रिमियर होटल स्कुलका बिद्यार्थीलाई फ्रान्स र युकेका सेफले प्रशिक्षण प्रदान गरेका छन। बिद्यार्थीलाई फ्रान्सकी सेफ हेलेन र युकेका सेफ क्रिष्टियनले प्रशिक्षित गरेका हुन।

प्रिमियरका बिद्यार्थीलाई किचन सम्बन्धि पेष्ट्री एण्ड बेकरी सम्बन्धी बिदेशी सेफले सिकेको सिप नेपाली बिद्यार्थीका सामु प्रस्तुत गरेका हुन। प्रशिक्षणबाट सँस्कृती आदान प्रदान गर्न अनि सँस्कृती आदान प्रदानमा सहज भएको स्कुलका प्रमुख कार्यकारी अधिकृत सुनिल भुषालले बताउनुभयो।

प्रशिक्षक हेलेन र क्रिष्टियन

१५दिन सम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रम आज आईतबार चौथो दिन पनि सञ्चालन भएको छ।

बिदेशी सेफले बिदेशी तारे होटलमा सिकेको सिप नेपाली बिद्यार्थीका लागि अत्यन्त उपयोगी हुने स्कुलले जनाएको छ। बिदेशी सेफहरु प्रिमियर स्कुलमा गेट कलेज काठमाण्डौले पठाएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close