तरकारी खेतीबाट आत्मनिर्भर बन्दै ग्रामीण महिला

आईतबार ०२ असोज २०७४ सुनसरी मिकाईल आलम-
केहि वर्ष अघिसम्म आफूलाई आवश्यक पर्ने २–४ सय रुपैयाँका लागि श्रीमानको भर पर्नुपर्ने कोशी गाउँपालिका–७ हरिपुर की पार्वती मुखिया अहिले २–४ हजारका लागि कसैसँग हात थाप्नुहुन्न। व्यावसायिक तरकारीखेती थालेपछि उहाँले उल्टै श्रीमानलाई पैसा दिने गर्नुभएको छ।। व्यावसायिक तरकारीखेतीबाट भएको आम्दानीबाट आफूले घरखर्च मात्र होइन, बचतसमेत गर्दै आएको पार्वतीले बताउनुभयो। परम्परागत खेतीबाट निर्वाह नभएर व्यावसायिक तरकारी खेती गरेपछि आफू बार्षिक ३ लाखसम्म आम्दानी गर्न सफल भएको उहाँले सुनाउनुभयो।

पहिले पैसाकै कारण श्रीमानसँग दिनहुँजसो झगडा हुने गरेको सुनाउँदै उहाँ तर आजभोलि भने मिलेर काम गर्दा झगडा होइन, सफलता मिलेको छ भन्नुहुन्छ। यसरी व्यावसायिक तरकारी खेतीबाट आफ्नो जीवनस्तरमा परिवर्तन गर्ने पार्वती मात्र होइन, उहाँजस्ता धेरै महिलाले आयआर्जनका लागि तरकारीखेती नै रोजेका छन्।

यस्तैश्रीपुरकी ५० वर्षीया फुलोदेवी सदा आफू पनि तरकारी खेतीबाटै आत्मनिर्भर भएको बताउनुहुन्छ। व्यावसायिक तरकारी खेतीबाट भएको आम्दानीले पारिवारिक खर्च टार्न र बचत गर्न सकिएको उहाँको भनाइ छ। कोशी गाउँपालिका भाण्टावारी घर भएकी ४२बर्षीया पुनम मेहताले पनि आफू तरकारी खेतीबाट नै आत्मनिर्भर भएको बताउनुहुन्छ। व्यावसायिक तरकारी खेतीबाट भएको आम्दानीले पारिवारिक खर्च टार्न र बचत गर्न सकिएको उहाँको भनाइ छ। व्यावसायिक रुपमा तरकारी खेती गरेर त्यसबाट भएको आम्दानी गाउँको सहकारीका साथै सदरमुकाम इनरुवाको बिभिन्न बैंकमा रकम जम्मा गरेको उहाँले सुनाउन भ्याउनुभयो।

तरकारी खेती बाट राम्रो आम्दानी हुन थालेपछि पछिल्लो बर्षयता श्रीपुर र हरिपुर क्षेत्रका महिला व्यावसायिक तरकारी खेतीमा संलग्न छन्। सुनसरी जिल्लाको कोशी गाउँपालिकाभित्रका हरिपुर, श्रीपुर, पश्चिम कुशाहा, लौकही, भाण्टावारीलगायतका गाउँबाट लाखौं रुपैयाँको तरकारी सदरमुकाम इनरुवा देखि काठमाडौं सम्मको बजारमा पुग्ने गरेको छ।

मौसमी तथा बेमौसमी तरकारीखेतीबाट आयस्तर बढेसँगै महिला सशक्तीकरणमा समेत सघाउ पुगेको ति क्षेत्रका सरोकारवालाहरुले बताएका छन। समूह नै गरेर व्यावसायिक तरकारी खेतीमा सक्रिय महिलालाई आवश्यक तालीम, मल, उन्नत जातका बीउलगायत प्राविधिक सहयोग गरिँदै आएको जिल्ला कृषि बिकास कार्यालय सुनसरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close