आयल निगमका कार्यकारी निर्देशक खड्का पदबाट बर्खास्त

आईतबार ०२ असोज २०७४ इटहरी न्युजडेस्क-
सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई पदबाट बर्खास्त गरेको छ। सोमबार बसेको मन्त्रीपरिषद बैठकले खड्कालाई बर्खास्त गरेको हो।

खड्कालाई अनियमितता गरेको र बिभागीय मन्त्रीलाई अटेर गरेको भेटिएपछि पदच्युत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो।

झापा, चितवन, रुपन्देहीलगायत ठाउँमा निगमका लागि जग्गा खरिद गर्दा भ्रष्टाचार गरेको संसदीय समिति र आपूर्ति मन्त्रालय अन्तर्गतको छानविन समितिले ठहर गरेपछि आपूर्ति मन्त्री शिवकुमार मण्डलले खड्कालाई हटाउने प्रस्ताव मन्त्रीपरिषदमा पेश गर्नुभएको थियो।

यस्तै मन्त्रीपरिषद बैठकले निजी अस्पतालमा उपचारका क्रममा बिरामीको ज्यान जाने घटना बढेपछि यसको रोकथामका लागि स्वास्थ्य मन्त्रालय अन्तर्गत एक समिति गठन गर्ने र सञ्चारमन्त्रीको प्रेस सल्लाहकारमा छक्कबहादुर खड्कालाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।

२ आश्विन २०७४, सोमबार १२:०२ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु