सुनबर्षी नगरपालिकाको निती तथा कार्यक्रम सार्वजनिक

सोमबार ०२ असोज २०७४ रंगेली केशव न्यौपाने –

मोरङ्गको सुनबर्षी नगरपालीकाले आर्थीक वर्ष २०७४/०७५ को ३७ करोड ६० लाख रुपैया बराबरको कार्यक्रम सहितको निती तथा कार्यक्रम सार्वजनिक गरेको छ।

सोमबार सार्वजनिक निती तथा कार्यक्रममा पुर्वाधार बिकासमा सडकलाई मुख्य प्राथमिकतामा राखेर सिचाई आर.सी.सी.कलभर्ट एम्बुलेन्स बाढी तटबन्धलगायतका योजनाहरुलाई बिशेष महत्व दिएको छ।

नगरपालिकाले कृषि सिंचाई एवं बिद्युत लाइन बिस्तारमा २ करोड आर.सी.सी.कलभर्ट निर्माणका लागी १ करोड ३५ लाख बिनियोजन गरेको छ भने नगर क्षेत्र भित्र सुदृढ बसपार्क निर्माणका लागी ४५ लाख छुटयाएको छ।

ल्याण्ड फिल्ड साइड निर्माण, गर्भवति महिलालाई सुरक्षित डेलीभरीको लागी एम्बुलेन्स खरीद तथा बर्थिङ सेन्टर स्थापना, बक्राहा खोला, डाँस खोला, मरीया खोला, तटबन्ध निर्माणका लागी १ करोड बिनियोजन गरेको छ।

लक्षीत वर्गहरु आदिवासी जनजाती महिला अपाङ्गता भएकाहरुलाई ४१ लाख रुपैया छुट्याएको छ। चालु आर्थिक बर्षको लागी पुजिगत खर्च तर्फ २२ करोड ३४ लाख बजेट छुटयाएको छ भने चालु खर्च १५ करोड २५ लाख छुटयाएको रतुवामाई नगरपालीकाको उपमेयर मञ्जु राईले सभामा सार्वजनिक गर्नुभएको थियो।

सभालाई नेपाली काग्रेसका नेता महेश आचार्याले एक समाहरोहका बीच समुद्घाटन गर्नुभएको थियो भने सभामा रतुवामाईका मेयर रविन राई, पुर्व गा.वि.स. अध्यक्ष जविर मिया, मोरङ काग्रेस नेता गोपालमान सिंह राजभण्डारी, संघीय समाजवादी फोरम मोरङका नेता शिसुपाल यादवलगायतले कार्यक्रमको बारेमा चर्चा गर्नुभएको थियो। सभा सुनवर्षी नगरपालिकाका मेयर कालीप्रसाद दासको सभापतित्व सम्पन्न भएको थियो।

२ आश्विन २०७४, सोमबार १२:५७ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु