आज संबिधान दिवस

मंगलबार ०३असोज २०७४ इटहरी न्युजडेस्क-

मुलुकमा संघीय गणतन्त्र नेपालको संविधान जारी भएको तीन बर्ष लागेको छ। लामो समयको जनताको ब्यग्र प्रतीक्षापछि जारी भएको संविधानले महिला, आदिवासी जनजाति, दलित, पिछडा वर्गलगायत सदियौँदेखि उत्पीडनमा पारिएको समुदायको अधिकार सुनिश्चित गरेको छ।

यो दुईबर्षमा संविधानमा लिपिबद्ध भएका अधिकार कार्यान्वयनले गति लिएको छ। संविधानमा व्यवस्था भएअनुसार नै मुलुकले पहिलो महिला राष्ट्रपति र पहिलो महिला सभामुख पाएको छ। सरकारमा महिलाको सहभागिता बढेको छ।

संविधानमा व्यवस्था भएअनुसार स्थानीय तहको निर्वाचनमा महिला, दलित तथा अन्य उत्पीडित समुदायबाट पनि महानगरपालिका प्रमुख, नगरपालिका प्रमुख, गाउँपालिकाको अध्यक्ष, वडाध्यक्ष र सदस्य बनेका छन। त्यसैगरी अंशमा महिलाको समान अधिकार, बोक्सी प्रथा, छाउपडी, बहुविवाह नियन्त्रणसम्बन्धी कानून निर्माण प्रक्रिया अगाडि बढेको छ। संविधानको धारा ३८ मा महिलाको हक उल्लेख गरिएको छ।

संविधानको धारा ३८ महिलाको हकमा राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक हुनेछ भनिएको छ। त्यसैगरी संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरकफरक लिंग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नुपर्ने व्यवस्था गरिएको छ।

निर्वाचनसम्बन्धी कानूनमा स्थानीय तहमा महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिकामा प्रमुख वा उपप्रमुखमध्ये एक जना महिला अनिवार्य हुने व्यवस्था गरेको छ।

तत्कालीन राष्ट्रपति डा रामवरण यादवले नेपालको संविधान २०७२ लाई २०७२ साल असोज ३ गते संविधानसभाबाट जारी भएको घोषणा गर्नुभएको थियो।

-रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close