सन्सारी माई मन्दिरको सरसफाई

मंगलबार ०३ असोज २०७४ रंगेली केशव न्यौपाने –
मोरङ्गको रंगेलीस्थित सन्सारी माइ मन्दिरमा सरसफाइ गरिएको छ।

रंगेलीस्थित जनपथ प्रहरी, सशस्त्र प्रहरी, सामुदायिक प्रहरी सेवा केन्द्र, मन्दिर समिति, महिला संजालसहितको टोलिले मन्दिर परिसरमा सरसफाइ गरेको हो।

मन्दिर समितिका अध्यक्ष सञ्जिब श्रेष्ठले चाडबाडको बेला मन्दिर छेत्र सफा रहोस र बाहिरबाट आउने भक्तजनमा पनि संघ सँस्थाको सकृयता छ भन्ने उदेश्यले कार्यक्रम गरिएको बताउनुभयो ।

३ आश्विन २०७४, मंगलवार ०३:३१ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु