दशैको मुखैमा कन्दरा समुह इनरुवा आउने

मंगलबार ०३ असोज २०७४ इटहरी न्युजडेस्क-
सुनसरीको इनरुवामा हुने छैटौँ मेघा इभको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। इभमा पोखराको चर्चित सांगितिक समुह कन्दराले सांगितिक प्रस्तुती प्रस्तुत गर्ने भएको छ।

इनरुवा इभेन्ट मेनेजमेन्टले आयोजना गरेको सो कार्यक्रमलाई यति ब्रुअरी प्रालिको अर्ना बियरले प्रायोजन गरेको छ भने पूर्वी खबर डट कम अफिसियल मिडिया रहेको छ।

इनरुवा ३ स्थित महेन्द्र चौकमा हुने सो सांगितिक कार्यक्रममा प्रवेश निशुल्क हुने आयोजकले जनाएको छ। कार्यक्रममा स्थानीय ब्याण्ड द ग्राभिटि यस्तै स्थानीय गायक रबिन नेपाल, राजेश श्रेष्ठले पनि सौगितिक प्रस्तुती प्रस्तुत गर्ने आयोजक इनरुवा इभेन्ट मेनेजमेन्टका अध्यक्ष राकेश निरौलाले बताउनुभयो।

हरेक बर्षहरुमा बिजया दशमीको अवसरमा महासप्तमी अर्थात फुलपातीको अवसरमा गर्दै आएको कार्यक्रम यसबर्ष भने अगिल्लोदिन षष्ठीकै दिन गर्ने निरौलाले बताउनुभयो।

चर्चित सौगितिक समुह कन्दराले पूर्वी नेपालमा पहिलोपटक सांगितिक प्रस्तुती पस्तुत गर्न लागेको हो। कन्दर ब्याण्डका लेककी हे माया, हङ्गकङ्ग पोखरा, तगारोमा रुमाल राखी, बिदेशियर गईन उनि, भेडी गोठैमा, तिमी पारी त्यो गाउँमा चञ्चले कान्छिको जोवन मखमली फूल फूलेझैँ बोलका गित चर्चित छन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close