कुर्सीको वरीपरी घुम्ने झिंगाहरुको लागी मात्र संबिधान दिवस

मंगलबार ०३ असोज २०७४ इटहरी न्युजडेस्क-
राष्ट्रिय जनता पार्टी नेपालका सचिव तेञ्जी(छत्रपती) लामाले कुर्सीको वरीपरी घुम्ने झिंगाहरुको लागी मात्र संबिधान दिवस आएको बताउनुभएको छ। पूर्वी खबरसँगको बिशेष कुराकानीमा लामाले त्यसो भन्नुभएको हो।

संबिधानलाई सर्वस्विकार्य बनाउनकालागि आन्दोलित हुँदा झण्डै सयजना मधेसी दाजुभाईले ज्यान गुमाउनुपरेको भन्दै लामाले मधेसी, आदिबासी जनजातीले असोज तीन गतेलाई कालो दिनको रुपमा मनाउने बताउनुभयो।

सचिव लामाले कुर्सीको वरीपरी घुम्नेहरुका लागि मात्र आज संबिधान दिवस हुने भन्दै सयौ मधेसी नेपाली मार्ने संबिधान जारी भएको दिनको सम्झनामा मधेसमा दिपावली गर्न नसक्ने बताउनुभयो।

मुठ्ठीभरका मानिसले स्वागत गरेको भरमा संबिधानलाई सर्वस्विकार्य मान्न नसकिने भन्दै सचिव लामाले सर्वस्विकार्य बन्नका लागि आदिबासी जनजाती, मधेसी, थारु महिला सबैको माग समेटिनुपर्ने धारणा राख्नुभयो।

छिमेकीको घरमा आँखामा आँशु बगिरहँदा अर्को छिमेकीले दिपावली गर्न नसक्ने भन्दै मधेसमा दिपावली हैन मधेसी नेपालीले ब्लाक आउट गर्ने लामाले दावी गर्नुभयो।

३ आश्विन २०७४, मंगलवार ११:११ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु