महिला फुटवलमा उर्लाबारी १-0 ले बिजयी

मंगलबार ०३ असोज २०७४ इटहरी न्युजडेस्क-
मोरङ्गको केराबारीमा जारी महिला फुटवल प्रतियोगिताको आजको खेलमा नगर खेलकुद बिकास समिती उर्लाबारी १ बिजयी भएको छ। समितीले केराबारी खेलकुद बिकास समितीलाई १–०ले पराजित गरेको हो। बिजयी टिमको तर्फबाट निदम्बा राईले निर्णायक गोल गर्नुभएको थियो।

मोरङ्गको केराबारीस्थित खदम युवा क्लब केराबारीले आयोजना गरेको यो प्रतियोगिता तेश्रो संस्करण हो। भाद्र ३१ गतेदेखि सञ्चालित प्रतियोगिता असोज ९ गते समापन हुने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

यसअघि हिजो असोज २ गते भएको खेलमा लेटाङ फुटबल क्लबले ९–० गोल अन्तरले पार्टीगाउँ फुटबल क्लबलाई पराजित गरेको थियो।

यस्तै भोली असोज ४ गतेको खेल आयोजक खदम युवा क्लव र मोरङ्गको सुन्दरहरैँचा बिराटचौकस्थित एकता फुटबल क्लवका बीच हुने आयोजक समितीका उमेश सुवेदीले पूर्वी खबरलाई बताउनुभयो।

प्रतियोगितामा ४जिल्लाका ९टिम सहभागी भएको आयोजकको भनाई छ। प्रतियोगितामा प्रथम हुने टिमले नगद ३१हजार सहित ट्रफी र प्रमाण पत्र यस्तै द्वितिय हुने समुहले नगर २१हजार सहित ट्रफी र प्रमाणपत्र अनि सहभागी सबै खेलाडीलाई यातायात खर्चको ब्यबस्था गरिएको आयोजकको भनाई छ।

३ आश्विन २०७४, मंगलवार ११:५० मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु