मदरसाका बिद्यार्थीलाई पाठ्यपुस्तक

मंगलबार ०३ असोज २०७४ रंगेली केशव न्यौपाने –
मोरङको रंगेली नगरपालिका ७ मा रहेको मदरसा इस्लाम मियाँ प्राथमिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई पाठ्यपुस्तक बितरण गरिएका छ। स्कुलका १ सय ३५ बिद्यार्थीलाई मंगलबार पाठ्यपुस्तक बितरण गरिएको हो।

साउन २८ गते आएको बाढीका कारण मदरसामा अध्यनरत १ सय ३५जना बिद्यार्थीको सम्पुर्ण पाठ्यपुस्तक पानीले बगाएपछि एकमहिना देखि सो बिद्यालयमा पठनपाठनमा अबरुद्ध भएको थियोे।

कार्यक्रमका प्रमुख अतिथि रंगेली नगरपालिका मेयर दिलिप बगडियाले अब मस्जिद, मदरसा र कर्वस्थानलाई नगरपालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो।

कार्यक्रममा रंगेली श्रोत केन्द्रका स्रोत ब्यक्ति पुर्णलाल ताजपुरीया, बडा नम्बर ७ का वडाध्यक्ष रामचन्द्र मण्डल, नेपाली कांग्रेसका सभापति जगन्नाथ मण्डल, शंकर प्रसाद साह, रुपेश मण्डल,घनश्याम पनेरुलगायत उपस्थित हुनुहुन्थ्यो।

पुस्तक बितरण कार्यक्रममा मदरसा सञ्चालक अजिम आजमले मदरसालाई हालसम्म सबै आफ्नै समुदायबाट चन्दा संकलन गरेर पठनपाठन गराईरहेको समेत बताउनुभयो।

कार्यक्रममा मदरसाले रंगेली नगरपालिकाका मेयरलाई ज्ञापनपत्र समेत बुझाएको छ। जामे मस्जिदका इमान मौलाना जुवेर साहवको सभापतित्वमा कार्यक्रम भएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close