प्रदेश नम्बर १ का पर्यटन व्यवसायी संगठित

मंगलबार ०३ असोज २०७४ इटहरी न्युजडेस्क –

प्रदेश नं १ का पर्यटन व्यवसायीको पहिलो भेलाले डिल्लिराम शर्मा अधिकारीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। सुनसरीको इटहरीमा मंगलबार भएको नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको प्रदेश भेलाले अधिकारीलाई अध्यक्षमा चयन गरेको हो।

यस्तै समितिको उपाध्यक्षमा रेवत बहादुर थापा, सचिवमा तेज बहादुर ढकाल, सहसचिवमा एलिना मगर, कोषाध्यक्षमा अर्जुन कुमार कार्कीलाई चयन गरेको छ।

यस्तै सदस्यहरुमा दिब्या भट्टराई, मौसम दाहाल, भुपालराज श्रेष्ठ, फडिन्द्र अधिकारी, खेम नेपाल, शेखर ढकाल, अनिल मगर, प्रकाश श्रेष्ठ, सिर्जना लामा, बिकास फुर्वा तामांग, इन्द्र पुलामी, रितार सिरु लामा, बिजय नेपाल, लक्ष्मि बहादुर कार्की, प्रेम सापकोटा, बिनोद गुरुङ्ग, लाक्पा गेलु सेर्पा, नविन लिम्बु र एडि सेर्पा चयन भएका छन्। भेलाले प्रदेश नं १ को पर्यटनको बिकासका लागि १४ बुँदे इटहरी घोषणा पत्र समेत सर्वाजनिक गरेको छ।

कार्यक्रमका सहभागीहरु

भेलालाई सम्बोधन गर्दै नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्रि माधब कुमार नेपालले पर्यटनको बिकासलेमात्र मुलुक सम्बृद्ध हुने बताउनुभयो।

कार्यक्रममा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रि नेपाल

कार्यक्रममा इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी, एमाले केन्द्रिय सदस्य सुर्य थापा, जीवन घिमिरे, हिक्मत कार्कीलगायतले पर्यटन व्यवसायीको भेलालाई शुभकामना दिएका थिए। भेलामा प्रदेश नम्बर १ का एकसय ५०जना बढी पर्यटन व्यवसायीको सहभागिता थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close