राजविराज १५मा वडा अध्यक्षको उम्मेदवारी दर्ता

बुधबार ०४असोज २०७४ सप्तरी एके यादव-
सप्तरीको राजविराज नगरपालिका–१५ मा राजपा, नेपालका तर्फबाट वडा अध्यक्ष पदका लागि जशकरण मण्डलले उम्मेदवारी दर्ता गराउनुभएको छ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका तर्फबाट वडा अध्यक्षमा उम्मेदवारी दिनुभएको ६५ वर्षीय महन्थी यादवको मृत्यु भएपछि संशोधित निर्वाचन कार्यक्रम अनुसार मण्डललाई राजपाको तर्फबाट मंगलबार मनोनयन दर्ता गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

राजविराज नगरपालिकाको १५ वडा बाहेक अन्य वडाहरुमा भने सोमबार नै शान्तिपुर्ण रुपमा निर्वाचन सम्पन्न भइसकेको छ। राजबिराज वडा नं. १५मा यही असोज ५ गते (भोली बिहिबार) बिहान सात बजेदेखि साँझ ५बजेसम्म मतदान हुने जानकारी दिदै राजविराज १५मा निर्वाचन सम्पन्न भएपछि मात्र राजविराज नगरपालिकाको मतगणना सुरु हुने निर्वाचन अधिकृत महेश कुमार ठाकुरले बताउनुभयो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close