मेक्सिकोमा ८दशमलव २ म्याग्नीच्युटको भुकम्प

बुधबार ०४असोज २०७४ इटहरी न्युजडेस्क-
पश्चिमी मुलुक मेक्सिकोमा केहि समय अगाडी गएको भुकम्पमा कम्तिमा १५०जनाको ज्यान गएको छ। मेक्सिकोको मध्य भागमा गएको शक्तिशाली भुकम्पमा ति ब्यक्रिको ज्यान गएको सिएनएनले जनाएको छ।

सो क्षेत्रमा आठ दशमलव २ म्याग्नीच्युटको भुकम्प गएको अधिकारी हरुले बताएका छन। मेक्सिकोमा सन् १९८५ पछिको सबैभन्दा शक्तिशाली भूकम्प हो। भुकम्प आउँदा राजधानी मेक्सिको सिटीमा रहस्यमय हरियो र निलो चम्किलो प्रकाश देखेको जनाइएको छ। १ सय वर्षपछि सो देशमा आएको सबैभन्दा शक्तिशाली त्यो भूकम्पका कारण कम्तिमा ८ वटा देशमा सुनामीको चेतावनी दिइएको छ।

सुनामीका कारण कुक आइल्यान्ड, इक्वेडोर, फिजी, फ्रेन्च पोलिनेसिया, ग्वाटेमाला र किरिबाटीमा ३० सेमीदेखि १ मिटरसम्मको छाल आउन सक्ने पूर्वानुमान गरिएको छ। भूकम्पको झट्का करिब एक मिनेट महशुस गरिएको थियो। भूकम्पपछि पनि ४ दशमलव ९ देखि ५ दशमलव ७ म्याग्निच्युडको पराकम्पनहरू महशुस गरिएको जनाइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close