साना ठुला जुनसुकै माछालाई पनि छोड्दिन : प्रनाउ राउत (भिडियो सहित)

शुक्रबार ०६ असोज २०७४ इटहरी न्युजडेस्क-
इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरिक्षक संजय राउतले चाडबाडको नाम गरेर कसैलाई जुवा तास खेल्ने छुट नभएको बताउनुभएको छ। पूर्वी खबरको यु ट्युव च्यानल पूर्वी खबर टिभीका लागि त्रिलोचन पौड्यालसँगको कुराकानीका क्रमममा राउतले त्यसो भन्नुभएको हो।

चाडबाडका नाममा लाखौँ रुपैयाको बिट राखेर तास जुवा खेल्नेलाई निरुत्साहित पार्न प्रहरीले के कस्ता योजना अघि सारेको छ भन्ने प्रश्नमा राउतले सानो बिट या ठुलो बिटमा तासजुवा खेलेपनि त्यो प्रचलित कानुनको उल्लंघन भएको भन्दै कसैलाई पनि कानुन उल्लंघन गर्ने अधिकार नभएको बताउनुभयो।

तासजुवा खेल्ने साना माछामात्र पक्राउ पर्छन ठुला माछा पक्राउ पर्दैनन् नी भन्ने प्रश्नमा प्रनाउ राउतले सानोबिटमा तासजुवा खेल्नेहरु जताततै भेटिने तर ठुलो रकममा तासजुवा खेल्नेहरु सुरक्षित ठाउँमा खेल्ने हुँदा उनिहरुसम्म पुग्न अफ्ठेरो परेको बताउनुभयो।

आफ्नो घरछेउछाउमा अनावश्यक रुपमा मानिस जम्मा भएको थाहा पाएमा आँफुले पनि सोधखोज गर्न अनुरोध गर्दै प्रनाउ राउतले त्यस्ता गतिबिधी भईरहेको शंका लागे प्रहरीलाई खबर गर्न अनुरोध गर्नुभयो।

लाखौँ रुपैया बिट राखेर तास जुवा खेलिरहेको बिषयमा खबर गरेमा प्रहरी कार्यालयको तर्फबाट खबर गर्नेलाई पुरस्कार प्रदान गरिने समेत राउतले बताउनुभयो। आफ्नो घर नजिक अवाञ्चित कृयाकलाप भईरहेको थाहा पाए नजिकको प्रहरीलाई जानकारी गराउन अथवा कार्यालय प्रमुखलाई सिधै जानकारी गराउन प्रनाउ राउतले अनुरोध गर्नुभएको छ।

हेर्नुहोस प्रनाउ अधिकारीसँग गरिएको बिस्तृत कुराकानी :-

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close