अवैध सामान बरामद

शुक्रबार ०६ असोज २०७४ इटहरी न्युजडेस्क-
इलाका प्रहरी कार्यालय काँकरभिट्टाले एक महिनाको अवधिमा करिब १२ लाख रुपैँया बराबरको अवैध सामान भन्सारमा बुझाएको छ।

इलाका प्रहरी कार्यालयले गत भदौ ११ गते यता बिभिन्न ठाउँमा बरामद गरेको अवैध सामाग्रीहरु आज मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाएको हो।

प्रहरीले १ थान कार, १ थान मारुती भ्यान, २ थान मोटरसाईकल, सुख्खा सुपारी, लत्ता कपडालगायत प्रहरीले भन्सारमा बुझाएको हो।

अधिकांश बस्तुहरु नेपालबाट भारत अबैध रुपमा तस्करी भई रहेको बेला प्रहरीको विशेष टोलीले बरामद गरेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरिक्षक टंकप्रसाद भट्टराईले बताउनुभयो।

दशैँ आएसँगै सिमा नाकामा अबैध रुपमा मालसामानहरु ओसार पसार हुने गरेको पाईएकोले प्रहरीले नाकामा सुरक्षा व्यवस्था कडा पारेको छ। नाकाबाट धेरै परिमाणमा नेपालबाट भारत लत्ता कपडा, सुकमेल तथा सुपारी जाने गरेको तथा भारतबाट किराना, कपडा, हार्डवेयर तथा अन्य प्रतिबन्धित बस्तुहरु नेपाल भित्रिने गरेको पाईएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close