प्रहरी हाम्रो टोलमा नामक अभियान शुरु

शुक्रबार ०६ असोज २०७४ इटहरी न्युजडेस्क-
शान्ति सुरक्षा र शुसासन कायम गर्ने उद्धेश्यसाथ सुनसरीमा प्रहरी हाम्रो टोलमा नामक अभियानको सुरुवात गरिएको छ। जनतासँग प्रहरी, प्रहरी मेरो साथी जस्ता कार्यक्रम सञ्चालन गर्दै आएको नेपाल प्रहरीले सुनसरीबाट प्रहरी हाम्रो टोलमा अभियान सुरु गरेको हो।

शान्ति सुरक्षा र शुसासन, जनमैत्री प्रहरी र प्रशासन भन्ने नाराका साथ अभियानको थालनी गरिएको हो। नेपाल प्रहरीले सो अभियानलाई देशभरका जिल्लाहरुमा सञ्चालन गर्ने जनाएको छ।

सुनसरीमा भने जिल्ला प्रशासन कार्यालयको आयोजनामा प्रहरी हाम्रो टोलमा अभियान सञ्चालनमा ल्याइएको हो। अभियानबारे जानकारीकालागि सदरमुकाम इनरुवामा प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली, प्रहरी प्रमुख एसपी विद्यानन्द माझी लगायत सरकोरवालाहरुको उपस्थितीमा  र्‍याली निकालिएको थियो।

जिल्ला प्रहरी कार्यालयमा आयोजित औपचारिक कार्यक्रममा अभियान बारे जानकारी दिइएको थियोे। अभियान सञ्चालन भएपछि अब हरेक टोलमा प्रहरीको उपस्थिती रहने छ।

६ आश्विन २०७४, शुक्रबार १२:२७ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु