एक लाख रुपैँया बराबरको पटका नष्ट

शुक्रबार ०६ असोज २०७४ रंगेली केशव न्यौपाने-
ईलाका प्रहरी कार्यालय रंगेलीले एकलाख रुपैँया बराबरको बिष्पोटक पदार्थ(पटका) नष्ट गरेको छ।

मोरङको रंगेली नगरपालिका ४ स्थित चोप्राह नाकाबाट अबैध रुपमा नेपाल भित्य्राउन लागेको १लाख रुपैँया बराबरको नागिन पटका बरामद गरेर प्रहरीले शुक्रबार (आज) नष्ट गरेको हो। व्यापारी तथा तस्करहरु तिहार नजिकिदै जाँदा पटकाजन्य बस्तुहरु ओसारपसारमा सकृय हुन्छन।

बरामद गरिएको पटका शुक्रबार पत्रकार सम्मेलन सार्वजनिक गरेर स्थानीयबुद्धिजीवीलगायतको रोहवरमा खाल्डोमा पुरेर नष्ट गरिएको हो।

त्यसैगरी भारतबाट अबैध रुपमा नेपाल भित्य्राउँदै गरेको सुर्ति, कुर्ता सुरुवाल, चिनि, र मोरङको दर्वेशा, रमाइलोबाट रंगेली तर्फ ल्याउदै गरेको ३ सय लिटर घरेलुु मदिरा समेत बिराटनगर स्थित भञ्सार कार्यालय बुझाउने ईलाका प्रहरी कार्यलय रंगेलीका प्रमुख सञ्जिव बाबू खड्काले जानकारी दिनुभयो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close