पथरीमा पूर्वाञ्चल स्तरीय क्रिकेट कप सुरु

बिहिबार १९असोज २०७४ इटहरी न्युजडेस्क-
मोरङ्गको पथरीशनिश्चरेस्थित आइतबारेमा पूर्वाञ्चल स्तरीय सातौ बिरेन्द्रनगर कप क्रिकेट प्रतियोगिता आजदेखी सुरु हुँदैछ। स्थानीय जनता माबिको खेल मैदानमा सुरु हुने प्रतियोगिताको उद्याटन खेल बि.सि.सि. झापा दमक र इटहरी क्रिकेट एकेडेमी बीच हुने भएको हो।

पूर्वाञ्चल खेलकुद बिकास समितिका अध्यक्ष रबिन नगरकोटीले उद्घाटन गर्ने खेल असोज ३१ गते सम्म सञ्चालन हुने  र खेलमा डिफेण्डिङ च्याम्पियन सेभेन स्टार क्लब इटहरीसहित पूर्वाञ्चलका २० टोली सहभागी हुनेछन।

स्थानीय खेलाडीलाई अवसर प्रदान गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको भन्दै क्लबका अध्यक्ष राजेश कुईकेलले प्रतियोगिताको बिजेता टोलीले नगद ५१ हजार सँगै ट्रफी, मेडल र प्रमाण पत्र र उपबिजेता टोलीले नगद ३१ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र पाउने बताउनुभयो।

त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ बराबरको मोबाईल प्रदान गरिने र उत्कृष्ट ब्याट्सम्यान, बलर र फिल्डरलाई समेत पुरस्कृत गरिने कुईकेलले बताउनुभयो।

१९ आश्विन २०७४, बिहीबार ०४:५६ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु