बैंक घोटालामा संलग्न तेह्रजना धरानबाट पक्राउ

बिहिबार १९असोज २०७४ इटहरी न्युजडेस्क-
धरानस्थित नेपाल बैंकमा सुनलगायतका बस्तु धितो राखेर कर्जा लिने ऋणी र बैंकमा कार्यरत कर्मचारीसहित १३जना पक्राउ परेका छन। केन्द्रीय अनुसन्धान ब्यूरो र धरान प्रहरीको संयुक्त टोलीले बैंक कारोबारमा १५ करोड रुपैँया भन्दा बढीको ठगी गरेको उजुरीको आधारमा पक्राउ गरेको हो।

सुन धितो राखेर कर्जा लिने र कर्जा दिने कार्यमा संलग्न कर्मचारी होमबहादुर भट्टराई, शंकर न्यौपाने, पुष्पराज घिमिरे, रामकिशोर मेहता, सानुबाबु श्रेष्ठ र विद्या तामाङ पनि पक्राउ परेका छन्।

यस्तै, सुन ब्यापारी एवं ऋणी माधव रिजाल, सङ्गीत रसाइली, लालबहादुर बिश्वकर्मा, सन्तोष रसाइली, सुनिल बिश्वकर्मा, ज्ञानेन्द्र पुर्कोटी र लीजा थापामगरलाई पनि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिनुभयो।

बैंक घोटाला प्रकरणमा पक्राउ परेका सबैलाई उच्च अदालत बिराटनगरबाट म्याद थप गराई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानको प्रहरी हिरासतमा राखिएको प्रनाउ पौडेलले जानकारी दिनुभयो।

१९ आश्विन २०७४, बिहीबार ०५:०९ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु