बिहे अघि सोध्नुहोस युवतीलाई यि पाँच प्रश्न

बिहिबार १९असोज २०७४ इटहरी न्युजडेस्क –

परिबर्तनशिल समय सँगै आधुनिक समाजमा मागी बिवाह भन्दा प्रेमबिबाह धेरै हुने गरेको पाइन्छ। तर यदि तपाईहरु मागी बिवाह गर्न जाँदै हुनुहुन्छ भने केही प्रश्नहरु तपाँईको लागि महत्वपुर्ण हुन सकछन।

एक अर्काको आनीबानी थाहा पाउन बर्षौंसम्म लाग्न सक्छ। तर केही प्रश्न यस्ता छन् जुन प्रश्नबाट तपाई क्षणभर मै हुनेवाला जीवनसाथीको सम्पूर्ण आनीबानी थाहा पाउन सक्नुहुन्छ।

यसले तपाईको जीन्दगीमा नयाँ मोड ल्याउनसक्छ। विहे गर्नुभन्दा पहिला युवतीलाई सोध्नुपर्ने प्रश्नहरु यस्ता छन।

१)फ्यूचर प्लानिङ :
उनको पहिलो प्राथमिकता के हो? भन्ने पनि बुझ्नुहोस। याद गर्नुहोस् फ्यूचर प्लानिङको बारेमा उनले भनेको छोटो प्रतिक्रिया नै महत्वपूर्ण हुनसक्छ।

२)शिक्षा :
पहिला केटीको शिक्षाको बारेमा जरुर सोध्नुहोस्। सफल जीवनको पहिलो कडि नै शिक्षा हो। भनिन्छ घरमा महिला शिक्षित भए पुरै परिवार शिक्षित हुन्छ।

३)आर्थिक मामला :
आर्थिक मामिलामा उनको धारणा के हो त्यो पनि बुझ्नुहोस्। तपाईको जिन्दगी सफल पार्नका लागि आर्थिक चिजको भूमिका पहिलो र महत्वपूर्ण हुनेगर्छ। तर याद गर्नुहोस् मनी माइन्डेट युवती छिन भनेपनि तपाईको जीवन सफल नहुन सक्छ।

४)नजिकिने प्रयास :
उनीसँग के कुरा गर्दा नजिक हुन सकिन्छ जरुर सोध्नुहोस्। उनका साथीहरु कस्ता कस्ता छन् ? भन्ने पनि बुझ्न आवश्यक छ। उनका साथीहरु भनेको उनले सिक्ने खुल्ला बिद्यालयहरु पनि हुन। किनकी उसको बाल्यकाल त्यही बितेको छ।

५)रुची :
त्यसपछि एकअर्काको रुचीहरुको बारेमा सोध्नुहोस्। रुची हेर्दा सानो सानो देखिएपनि मानिसको सँस्कार र सँस्कृतिसँग जोडिएर आएको हुन्छ। तपाई यसलाई कमजोर सोच्दै नसोच्नुस्। एक अर्काको रुचीहरु मिल्यो भने मात्र जीवन सफल हुन सक्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close