राप्रपाबाट इटहरीको मेयरमा उठेका कार्की एमाले प्रवेश

शुक्रबार २० असोज २०७४ इटहरी न्युजडेस्क-
स्थानीय तहको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट इटहरी उपमहानगरपालिकामा मेयरमा उम्मेद्वार बनेका रोहित कार्की नेकपा एमालेमा प्रवेश गर्नुभएको छ।  इटहरी १२ स्थित खनारमा भएको पार्टी प्रवेश कार्यक्रममा कार्की एमाले प्रवेश गर्नुभएको हो।

कार्कीसँगै करिव ४००जना एमाले प्रवेश गरेका नेकपा एमाले इटहरी उपमहानगरपालिका कमिटी अध्यक्ष रेवती घिमिरेले बताउनुभयो। घिमिरेले अव केहिदिन भित्रैमा कार्कीको प्रभावमा रहेका अन्य कार्यकर्ता पनि एमालेमा प्रवेश गर्ने र उनिहरुलाई कार्यक्रमनै गरेर प्रवेश गराउने बताउनुभयो।

नवप्रवेशीहरुलाई नेकपा एमालेका सचिव भीम आचार्यले अबिरको टिका लगाएर पार्टी प्रवेश गराउनुभयो। गत असारमा भएको स्थानीय तहको निर्वाचन लगत्तै कार्कीले खनारमा कार्यकर्ता भेला गरेर पार्टी छाडेको घोषणा गर्नुभएको थियो।

पार्टी प्रवेश कार्यक्रममा राप्रपा इटहरी वडा नम्बर १६को वडा कमिटी अध्यक्ष जयनारायण चौधरी सहित वडाकमिटी नै एमालेमा बिलय भएको थियो।

एमालेमा प्रवेश गरेका कार्कीको गत स्थानीय निर्वाचनमा जमानत नै जफत भएको थियो। नेकपा एमालेबाट इटहरी उपमहानगरपालिकाको मेयरमा द्वारिकलाल चौधरीले २२६८९ मत ल्याएर बिजयी हुँदा कार्कीले ३७१५ मत ल्याउनुभएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close