बिरेन्द्रनगर च्यालेञ्ज कप क्रिकेट : दोश्रो खेलमा बिराटनगर बिजयी

शुक्रबार २० असोज २०७४ पथरी करण धिताल-
मोरङ्गको पथरीशनिश्चरमा जारी पूर्वाञ्चल स्तरीय सातौ बीरेन्द्रनगर च्यालेञ्ज कप क्रिकेट प्रतियोगिता अन्तरगत शुक्रबारको खेलमा बिराटनगर क्रिकेट क्लब बिजयी भएको छ। सिद्धान्त लोहनीको अल राउण्ड प्रदर्शनपछि बिराटनगरले खेल जितेको हो।

आजको खेलमा बिराटनगरले किराँत क्रिकेट क्लब दुधे झापालाई ८३ रनको फराकिलो अन्तरले पराजित गरेको हो। बिराटनगरले दिएको १ सय ८९ रनको बिजयी लक्ष्य पक्ष्याएर जवाफी ब्याटीङमा उत्रिएको दुधे १९ दशमलब १ ओभरमा१ सय ५ रनमा समेटिएको थियो। दुधेका लागि सचिन लिम्बुले सर्वाधिक २१ र प्रतिक लिम्बुले १७ रन बनाएका थिए।

म्यान अफ द म्याच सिद्धान्त लोहनी पुरस्कार ग्रहण गर्दै

दुधेलाई सस्तैमा समेट्ने क्रममा बिराटनगरका ललित राजवंशीले ३ तथा सिद्धान्त लोहनी र अजय राजवंशीले समान २/२ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बिराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८८ रनको योगफल तयार पारेको थियो।

म्यान अफ द म्याच सिद्धान्त लोहनी पुरस्कार ग्रहण गर्दै

बिराटनगरका लागि कप्तान सिद्धान्त लोहनीले २०बलमा ६१ रनको बिस्फोटक पारी खेलेका थिए। त्यस्तै अजय राजवंशीले र नारायण श्रेष्ठले समान २३ रन बनाए। खेलको म्यान अफ द म्याच अलराउण्ड प्रदर्शन गरेका सिद्धान्त लोहनी घोषित भए।

प्रतियोगिता अन्तर्गतको तेश्रो शनिबारको खेल इस्टर्न बुलेट क्रिकेट क्लब दुहबी सुनसरी र पथरी ११ बीच हुने आयोजकले जनाएको छ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close