दौड प्रतियोगितामा राउत प्रथम

शुक्रबार २० असोज २०७४ इटहरी न्युजडेस्क –
नेपाल प्रहरीको स्थापना दिवसको अवसरमा सञ्चालित दौड प्रतियोगितामा प्रहरी जवान बिनोद राउत प्रथम हुनुभएको छ। १ नम्बर प्रदेश प्रहरी कार्यालयले प्रतियोगिता गरेको हो।

शुक्रबार भएको पुरुषतर्फको ५ किलोमिटर दौडमा पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र रानीका प्रहरी जवान राउत प्रथम, सोही केन्द्रका, प्रहरी जवान शोभित कुमार पासवान द्धितीय र सशस्त्र प्रहरी गण मुका रानीमा कार्यरत प्रहरी जवान शेसु कुमार राई तृतीय हुनुभएको छ।

पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र रानीको खेल मैदानमा भएको प्रतियोगितामा पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र रानी, जिल्ला प्रहरी कार्यालय मोरङ, दंगा नियन्त्रण प्रहरी गण दुहवी र सशस्त्र प्रहरी गणका जम्मा ३० जना प्रहरी हवल्दार तथा जवान सहभागी थिए।

प्रहरी दिवसकै अवसरमा १ नम्बर प्रदेश प्रहरी कार्यालयले यही २१ गते रक्तदान कार्यक्रम र २२ गते महिलातर्फको ५ किलोमिटर दौड र पुरुषतर्फको ब्याडमिन्टन प्रतियोगिताको गर्ने जनाएको छ।

नेपाल प्रहरीले आश्विन २७ गते ६२ औ “प्रहरी दिवस” मनाउँदै छ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close