रातभर मोबाइल चार्जमा राखेर सुत्नुहुन्छ ?

शनिबार २१ असोज २०७४ इटहरी न्युजडेस्क-
रातभरी मोबाईल चार्ज गर्दा कतै ब्याट्री बिग्रिने त होईन भनेर पक्कै पनि तपाइँले कहिले न कहिले सोचेको वा सुनेको हुनुपर्छ। हामी सबैलाई बिहान उठ्ने बित्तिकै मोबाईल फूलचार्ज भको हेर्न मन लाग्छ।

तर रातभरी मोबाईल चार्ज गर्दा ब्याट्रीको आयु घट्ने डरले कतिपयले मन लागेर पनि राती चार्ज गर्दैनन्। गरेपनि ब्याट्री ओभरचार्ज हुने डरले राती आधा रातमा उठेर चार्जर डिस्कनेक्ट गर्ने गर्दछन।

के हुन्छ त रातभर चार्जमा राख्दा

आधुनिक स्मार्टफोन तथा ट्याब्लेटहरुमा प्रयोग हुने ब्याट्री लिथियम-आयन ब्याट्री हो। त्यसभित्र एक प्रकारको सर्किट(circuit) हुन्छ जसले ब्याट्री फूल चार्ज भएपछि आफै पावर बन्द गरिदिन्छ।

तपाइँहरुले पनी याद गर्नुभएको होला मोबाईल चार्ज गर्दा शुरुमा लगभग ८०%सम्म चार्ज एकदम छिटो हुन्छ भने पछि ढिलो हुन्छ, यो त्यही स्मार्ट सर्किटको कारणले गर्दा थप चार्ज हुन नदिएको हो। यसरी तपाइँले जतिबेर फोन चार्जमा राखेपनि ब्याट्री कहिले ओभरचार्ज हुन्न।

अब बिना चिन्ता रातभरी फोन चार्जमा राखेर आनन्दले सुत्नुहोस् अनि बिहान उठेर फूल चार्ज भएको मोवाईल बोकेर हिड्नुहोस।

२१ आश्विन २०७४, शनिबार ०४:४४ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु